नेपालमा कोरोेनाबाट ३४ जनाको मुत्यू, १५ हजार ४ सय ९१ जना संक्रमित

२० असार, नेपालगञ्ज/  नेपालमा थप २ सय ३२ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न २३ ठाउंहरुमा रहेका ल्याबहरुमा ४ हजार ५० जनाको आरटिपिसिआर बिधिबाट परिक्षण गरिएकोमा २ सय ३२ जनामा कोरोना संक्रमित भएको पाईएको छ ।

यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

हाल नेपालका बिभिन्न क्यारेन्टाइनमा ३३ हजार १ जना २५ जना र आइसोलेसनमा ९ हजार ४२ रहनुभएको छ । आज शनिबार २ सय ७२ जना डिस चार्ज हुनुभएको छ । हाल सम्म जम्मा ६ हजार ४ सय १५ कोरोना जितेर घर फर्किनुभएको छ भने ३४ जनाको निधन भएको छ ।