नेपालमा कोरोना संक्रमितहरु १६ हजार ४ सय २३ जना पुगे

२४ असार, नेपालगञ्ज/ नेपालमा थप २ सय ५५ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न २५ ठाउंहरुमा रहेका ल्याबहरुमा ४ हजार ६ सय ९५ जनाको आरटिपिसिआर बिधिबाट परिक्षण गरिएकोमा २ सय ५५ जनामा कोरोना संक्रमित भएको पाईएको छ ।

यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या १६ हजार ४ सय २३ जना पुगेको छ ।

हाल नेपालका बिभिन्न क्यारेन्टाइनमा २५ हजार ४ सय ४० जना र आइसोलेसनमा ८ हजार ६ सय २६ रहनुभएको छ ।
आज बुधबार २ सय ५३ जना डिस चार्ज हुनुभएको छ । हाल सम्म ७ हजार ७ सय ५२ कोरोना जितेर घर फर्किनुभएको छ छ ।