गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९, निको हुनेको संख्या ३८६

२५ असार, पोखरा/ अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा बिहिबार थप २० जना संक्रमितहरु फेला परेका छन । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट हाल सम्म निको हुनेको संख्या ३८६ पुगेको छ ।