प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपाली खेलाडीलाई स्वर्ण सहित ४ पदक

२८ असार,नेपालगञ्ज/  प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा मधुसुदन सापकोटाले स्वर्ण जितेका छन् ।  तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्ष माथि उमेर समूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिनुभएको छ ।

त्यस्तै प्रगति कुइकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५–१७ वर्ष उमेर समूहमा रजत जित्नुभएको छ । १०–१२ उमेर समूहमा वर्षमा भिजन तामाङ र अन्डर ९ मा प्रवीण श्रेष्ठले कांस्य पदह जित्नुभएको छ । पदक विजेता सबै खेलाडी नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए० बाट सहभागी हुनुभएको थियो ।

एनटीएबाट जम्मा ८ खेलाडी उक्त प्रथियोगितामा सहभागी भएकोमा अन्य ३ जना खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ । प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता रहेको छ भने उक्त् प्रथियोगिता हिजो जुलाइ ११ तारिख देखि सुरु प्रतियोगितामा खड्का पनि निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुनुहु्न्छ प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।