नेपाल–भारत सिमा क्षेत्र रुपैडिहामा भारतिय सुरक्षाकर्मि बाट १५ किलो लागु औषध चरेश सहित २ जना पक्राउ

  •  नवि अहमद,रुपैडिहा
  • १५ बैशाख, नेपालगञ्ज/

 

नेपाल–भारत सिमावर्ती बजार भारतको रुपैडिहा क्षेत्रबाट  अबैध लागू औषध सहित  दुई जनालाई भारतिय  सुरक्षाकर्मिहरुलेपक्राउ गरेको छ ।
अन्र्तराष्ट्रि सिमा क्षेत्रमा तैनाथ भारतीय प्रहरी तथा सीमा सुरक्षा बल एसएसबीको ४२ औ बटालियनको संयुक्त गस्तिले नेपाल–भारतको सिमा क्षेत्रबाट करिव ३ किलोमिटर दक्षिण नहरपुर र जैतापुरको बीच क्षेत्रबाट शुक्रबार साँझ ६ बजे २ जना  ब्यक्तीलाई लागु औषध चरेश सहित पक्राउ गरेको जनाएको छ ।

भारतिय सुरक्षा अधिकारीहरुले गोप्य सुचनाको आधारमा बांके जिल्लाको नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर ९ बाँके गाउका १९ वर्षिय नईम ढपाली र ४२ वर्षिया सञ्जु बर्माबाट १५ किलो लागु औषध चरेश बरामद गरेको भारतीय प्रहरीले जनाएको छ । उनीहरु दुबैसंग अलग अलग गरिसाढे सात किलो गरि १५ किलो चरेश बरामद गरेको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको ४२ औ बटालियनको असिस्टेन्ट कमान्डेन्ट अफिसर अमर दिक्षित र भारतीय प्रहरी रुपैडिहा थानाका ईन्चार्ज सब ईन्सपेक्टर दिनदयाल रायको नेतृत्वको संयुक्त टोलीले नियन्त्रणमा २ जना ब्यक्तीलाई चरेश सहित नियन्त्रणमा लिइएको र आवश्यक थप अनुसन्धान सहित पक्राउ परेका ढपाली र बर्मालाई शनिबार दिउसो ३ बजे आवश्यक अनुसंधान पुरा गरी सार्वजनिक गर्नुको साथै उनीहरुलाई बहराईच रिफर गरीएको  छ ।

पक्राउ परेका ब्यक्तीहरु चरेश भारतीय कारोबारीलाई दिन गएको समयमा तस्करीको घटनाको गोप्य सुचना लिक भएपछी भारतीय सुरक्षाकर्मिहरुले पक्राउ गरेको र भारतीय मुख्य खरिद कर्ता ब्यपारी भने भारतीय सुरक्षाकमीहरुले अझै सम्म पक्राउ गरेका छैनन ।

सम्बन्धित शीर्षक