सिक्टा सिँचाइको मुल नहर निर्माणमै संस्थागत भ्रष्टाचारको आशंका: छानवीन गर्न जनप्रतिनिधीहरुको माग

१२ कात्तिक, नेपालगञ्ज / राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मुल नहर सञ्चालनमा नआउँदै ठाउँ-ठाउँमा चर्केको छ । निर्माणको गुणस्तर परीक्षण गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

बाँकेस्थित राप्ती नदीमा उक्त नहर निर्माणाधीन छ, जसका कारण सयौं घर डुबान तथा कटानमा परेका छन् । बाँके राष्ट्रिय निकुञ्ज र पूर्व-पश्चिम राजमार्गसँग समानान्तर निर्मित नहरले आसपासका बस्ति जोखिममा छन् । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगका कारण मूल नहर नै संकटमा परेको दाबी स्थानीयवासीको छ । 

जिल्लाको मुहार फेर्ने उद्देश्यका साथ निर्माणाधीन नहर जोखिममा पर्नु दुर्भाग्यपूर्ण रहेको राप्तीसोनारी गाउँपालिका २ का वडाध्यक्ष मदनकुमार ओली बताउँछन् । भन्छन्, ‘यसको यसको डिजाइन र निर्माणको गुणस्तर परीक्षण आवश्यक छ ।’ ओलीका अनुसार गोवारपुर, मदुई, टिकुलीपुरलगायत बस्ती डुबान र कटानमा परेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको जंगल भएर बग्ने खहरे खोला थुनिनु र जंगलमा जम्मा हुने वर्षाको पानी स्वतन्त्र रुपले बग्न नपाउँदा नहरको साइफनले धान्न नसकेको ओली बताउँछन् । भन्छन्, ‘राष्ट्रिय गौरवको आयोजना स्थानीय बासिन्दाका लागि भने अभिसाप बन्दैछ ।’डिजाइनमै त्रुटी हुनसक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

आयोजना पूरा नहुँदै सामान्य वर्षाले ठाउँ-ठाउँमा नहर भत्किनुले गुणस्तरमा प्रश्न खडा भएको राप्ती सोनारी २ गोभारपुरका भीमबहादुर बुढाथोकी बताउँछन् । भन्छन्, ‘ठेकेदार कम्पनीले बनाएर जान्छ, क्षति हामीले बेहोर्नुपर्छ ।’

 

नहरबाट बाहिरिएको पानीका कारण टिकुलीपुरमा मात्र तीन सयभन्दा बढी घर भत्किएका छन् । मदुईमा पाँच घरमा क्षति पुगेको छ । त्यस क्षेत्रमा तीन सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । उनीहरु जंगलमा टहरा बनाएर बसेका छन् ।  

‘नहरले उठिबास लगायो,’ टिकुलीपुरका इन्द्रबहादुर वली भन्छन्, ‘तीन दशकदेखि डुबानको समस्या थिएन, सिक्टाले दुई पटक डुबाइसक्यो ।’

गोभारपुरका तुलसीसिंह खत्रीका अनुसार खैरी, मुगुवा, द्वान्द्रा र सुखारजस्ता खहरे खोलाको प्राकृतिक प्रवाह नहरले रोकिदिएका कारण समस्या आएको हो । ती खोलाको सतह राजमार्गभन्दा उत्तर र दक्षिणमा निक्कै फरक रहेको उनको भनाइ छ ।

 

स्मरण रहेस बांकेको सिक्टा सिंचाई आयोजनामा संस्थागत ठुलो भ्रष्टाचारको आरोप लाग्ने गरे पनि त्यसको कहि कतैबाट खोजबिन गरेको पाइदैन । सिक्टाको पहिलो फेज र दोस्रो फेज कालीका कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर पेटी ठेकेदार मार्फत उक्त काम गराएको थियो ।

संस्थागत भ्रष्टाचार गरेका कारण उक्त सिक्टा सिचाईको मुल नहर नै कम गुणस्तर निर्माण गरेर सामन्य पानीले समेत फोडेर बांकेका कचनापुर क्षेत्र डुबान गदै आएको आवाज स्थानिय ण्ठाउदा सम्वन्धीत पक्षहरु कानमा तेल हालेर बसेको जनगुनासो गदै आएका छन ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले समेत सिक्टाको मसल नहर फुटेर ठुलो क्षती पु–याएको बताएका छन । नहरको उत्तर-दक्षिण भिरालो जमिन, खहरे खोलाको सतह बढेर जंगलसँगै बराबर हुनु र नहर पूर्वपश्चिम निर्माण भएको तथा पानीको निकास हुने  क्षमता कम भएकाले नहरमा क्षति पुगेको उनको भनाइ छ ।  सिक्टाको मुल नहर भत्किएको अवलोकन को क्रममा भिरालो ठाउं नभएर कमसल निर्माणका कारण भत्किएको स्थानिय जनप्रतिनिधिहरुले बताएका छन ।

उक्त नहर दुई वर्षअघि नै पहिलो ३५ किलोमिटर खण्ड निर्माण भइसकेको छ । उक्त खण्ड गत वर्ष परीक्षणका लागि खोल्दा साविकको महादेवपुरी गाविसअन्तर्गत झिझिरी खोलामा भत्किएको थियो ।