भेरी अस्पतालमा थप ४ जनाको मृत्यु

११ बैशाख, नेपालगञ्ज/  हिजो शुक्रबार सांझ ३ बजेबाट शनिबार बिहान ६ बजे सम्म नेपालगञ्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुुनुभएका ब्यक्तीहरु मध्य ४ जनाको मृत्यु भएको छ ।

कोरोना संकट ब्यवस्थापन समिति बांकेका फोकल पर्सन तेज वलीका अनुसार कोरोना संक्रमित भई बिभिन्न मितिमा अस्पतालमा भर्ना हुुनुभएका ब्यक्तीहरु मध्य २ जना महिला र २ जना पुरुषको मुत्यू भएको छ ।

मृत्यु हुनुहुनेहरुमा नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर ८ त्रिभुवन चौक निवासी ३५ बर्षिय आनन्द बैश्यको हिजो शुक्रबार सांझ ९ बजेर २३ मिनेटमा मृत्यू भएको छ ।

त्यसैगरी नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर २ का ७५ बर्षिय गंगादेबी जिसी को शुक्रबार सांझ ६ बजेर १५ मिनेटमा मृत्यु भएको छ ।
त्यसैगरि शुक्रबार सांझ ७ बजे नै नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर ५ का ८४ बर्षिय राज बहादुर हमाल, नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १० तारादेबी मल्लको शुक्रबार राती १ बजेर २१ मिनेटमा दुखद निधन भएको छ ।

बांके जिल्लाका मात्र शनिबार बिहान सम्म ३० जना महिला र ४६ जना पुरुष गरि ७६ जनाको मृत्यु भइसकेको बांकेको कोरोना संकट ब्यवस्थापन समितिले जनाएको छ । बांके जिल्ला बाहिरका बांकेमा उपचार गराउन आउनु भएका २५ जना महिला र ७५ जना पुरुष गरि १०० जना कोरोना संक्रमितिहरुले ज्यान गुमाईसक्नु भएको छ ।