बर्दियाको बढैयाताल गाउंपालीकाको आर्थिक बर्ष ०७४/०७५ को ७९ करोड १९ लाख रुपैयाकको बजेट पारित

६ पुस,बढैयाताल,बर्दिया/  बर्दियाको बढैयाताल गाउंपालीकाले आर्थिक बर्ष ०७४र०७५ को लागी रु ७९ करोड १९ लाख रुपैयाकको बजेट पारित गरेको छ ।    
बढैयाताललाई आन्तरिक तथा बाहय प्रर्यटकिय स्थलको रुपमा आवश्यक पूर्वाधार सहितको प्रर्यटकिय गन्तब्यको रुपमा विकास गर्न गाउंपालकिाले बिशेष योजना बनाएर कार्यक्रम सहित बजेट पारित गरेको गाउंपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

अध्यक्ष श्रेष्ठले गाउंपालीकाको परिषदले ब्यापक छलफल गरि बढैयाताल गाउपालकिाको सार्वागिंन विकासका लागी पूंजीगत तर्फ ७४ करोड ३६ लाख ५६ हजार र चालु तर्फ ४ करोड ८२ लाख ४४ हजार रुपैया बिनियोजन गरिएको बताउनु भएको छ ।

गाउंपालीकाले पारित गरेको बजेट सार्वजनिक गर्न बिहिबार गाउंपालीकामै आयोजित पत्रकार सम्मेलनमा प्रमुख श्रेष्ठले
गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभी इक्युपमेन्ट लगायतका आधारभूत पूर्वाधारका लागि समेत बजेट पारित गरेको बताउन’ भएको छ ।
ब्ढैया गाउँपालिका अन्तर्गतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत गायतका आवश्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
कर्मचारी नियुक्ति र उनीहरुको क्षमता वृद्धिसँगै पिछडा वर्ग, मधेशी, मुस्लिम उत्थान तथा विपद् व्यवस्थापन लगायतका कार्यमा समेत बजेट केन्द्रित गरिएको छ ।
सभाले गाउँपालिकाको नीति तथा कार्यक्रम समेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषि उपजका पकेट क्षेत्र बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।
पशुपक्षी, दुग्धजन्य वस्तु उत्पादन बढाउँदै कृषि उपज संकलन क्षेत्र निर्माण गर्ने नीति गाउँपालिकाले लिएको जानकारी गराईउको छ ।
गाउँपालिकाले भिलेज प्रोफाइल बनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सिमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकीय स्थललाई बाहय पर्यटनसँग जोड्दै आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति पारित भएको सो अवसरमा जानकारी गराइएको थियो । गाउँपालिकालाई आफ्नो भवन नहुँदा समस्या परेको छ ।
पारित बजेट कार्यान्वयमा निगरानी गरिने बताउँदै जनताको बजेट पूर्ण सदुपयोग गर्ने नीति लिइएको उहाँले बताउनुभयो । निर्माणका सबैकाम ठेक्का प्रक्रिया मार्फत गर्दै मूल्यांकन र अनुगमनमा विशेष समिति निर्माण गर्दै गुणस्तरीय कामलाई प्राथमिकता दिइने बढैया ताल गाउंपालीकाको तर्फबाट बिहिबारअयोजित कार्यक्रममा अध्यक्षले बताउनु भएको छ ।