सेनिटाईजरको सेवनबाट २ जनाको मुत्यू

१७ फागुन, नेपालगञ्ज/  कोरोना भाइरस संक्रमण रोक्नलाई प्रयोग गरिने सेनिटाइजर सेवन गरेका कारण मोरङको विराटनगरमा एकै दिन २ जनाको ज्यान गएको छ।

सेनिटाइजर सेवनले मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ घर भइ विराटनगर महानगरपालिका वडा नम्बर १७ रघुपति लाइन क्वाटरलाईनमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका वडानम्बर ४ का ६० वर्षीय दिनेश मण्डल रहेको र दुवै जनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ ।

प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार गिरीले मदिरा जस्तै ठानेर पिएको र मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेको पाइएको छ। पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर सेनिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।