दाङ,प्युठान र अर्घाखाँचीमा खोलाले बगाउदा……

Photo: File

२९ असार, नेपालगञ्ज/ प्युठानको प्रख्यात झिमरुक खोलाले बगाउदा २७ बर्षिय दीपक थापाको मुत्यू भएको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडानम्बर ५ बेलडाडाका २७ वर्षका दीपक थापा शनिबारझिमरुक खोला तर्ने क्रममा झिमरुक खोलाले बगाई बेपत्ता भएकोमा आइतबार दिउँसो दाङको गढवा गाउँपालिका वडानम्बर २ महादेवा भन्ने ठाउको राप्ती नदीको पक्कीपुल मुनि शब फेला परेको प्रदेश प्रहरी कार्यालय दांगका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ ।

त्यसैगरि अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडानम्बर ८ बेलाउते स्थित राप्ती नदी तर्ने क्रममा प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडानम्वर ५ खैरा बस्ने बर्ष २७ को दीपक रोकालाई खोलाले बगाएर मृत्यु भएको हो । थापाको शव आइतबार दिउँसो दाङको सिसनिया स्थित राप्ती नदिको बगरमा फेला परेको ५ नम्वर प्रदेश प्रहरी प्रवक्ता बैदवारले जानकारी दिनुभएको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका ६५ वर्षका कालिचरण चौधरीलाई बबई नदीले बगाउँदा मृत्यु भएको र आइतबार शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नवलपरासीमा डुबेर  बालकको मृत्यु

यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ४ नर्सहीका अलाउद्दिन अन्सारीका ९ वर्षका छोराको घर नजिकै पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । पानीमा डुबेका बालकको उपचारको क्रममा शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा आइतबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले जनाएको छ ।

३ जनाको शव भेटियो

प्यूठानको ऐरावती गाउँपालिका ५ पकलास्थित झिमरुक खोलाको बगरमा नाम थर ठेगाना नखुलेकी अन्दाजी ३५–४० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाको परिवर्तन गाउपालिका ५ गरमझ्याम खोलामा रोल्पा थवाङ गाउँपालिका ३ सैपु कि ५४ वर्षकी बरमती बुढामगरको शब आइतबार फेला परेको प्रहरीले जनाएको छ । असार २४ गते बिहान घरदेखि हिँडेकी बरमतीको शव आइतबार फेला परेको हो ।

यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका २ सोनबर्षास्थित खजुरा खोलाको पुलमुनि पानीमा अन्दाजी एक वर्ष जतिको बच्चा मृत अवस्थामा फेला परेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।