कोहलपुर जग्गा काण्ड: नेपाल प्रहरीले पाएको करोडौंको जग्गा बदर गराए को-को भए हुकुमबासि बाट सुकुम्बासी सम्पूर्ण बिवरण सहित

 

कोहलपुर नगरपालिकाको वडानम्बर ४ साबिक रझेना गाबिस वडानम्बर ३ ख को ततकालिन कित्ता नम्बर ७६, ७७, ७८ र ७९ हाल ४१ जना ब्यक्तीले आफनो नाममा कित्ता काट गरि लिएको जग्गाको ट्रेस नक्साको विवरण ।

३० असार, कोहलपुर/ बांकेको कोहलपुर नगरपालिका वडानम्बर ४ किरन नाला पश्चिममा रहेको ७८ कटठा जग्गा सुकुम्बासीको नाममा संगठित मिलेमतो गरि बिभिन्न ४१ जना ब्यक्तीले आफनो नाममा गर्ने अन्तीम तयारी गरिरहेको अवस्थामा पर्दाफास भएको छ ।

कोहलपुर नगरपालिकाको वडानम्बर ४ साबिक रझेना गाबिस वडानम्बर ३ ख को ततकालिन कित्ता नम्बर ७६, ७७, ७८ र ७९ मा पर्ने पूर्व–पश्चिम राजमार्गको दांया/ बायां भागमा रहेको किरण नाला पश्चिम, सेन्ट्रल प्लाजा ५ स्टार होटलको उत्तर क्षेत्रमा रहेको उक्त जग्गा मिलेमतोमा सुकुम्बासी आयोगको निर्णय गरेको आधार तयार गरि करोडौंको जग्गा ब्यक्तीको नाममा गरेर करोडौं कमाउने सपना जनता जागेमा बिस्तारै चकनाचुर हुने  देखिएको छ ।

जग्गाको लेखाकृत बिवरण अनुसार ४ कित्तामा रहेको उक्त जग्गा राजमार्ग गस्ती प्रहरी कार्यालय, प्रहरी कल्याण कोष पेट्रोल पम्प र प्रहरी परिवार महिला संघको लागि ततकालिन जिल्ला सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति बांकेले मिति २०५२ साल साउन २७ गते निर्णय गरि आयोगको केन्द्रिय समितिबाट समेत अनुमोदन गरि जग्गा राजमार्ग गस्ती प्रहरी कार्यालय समेतलाई लालपुर्जा दिएको थियो ।

राजमार्ग गस्ती प्रहरी कार्यालय समेतको जग्गा खाली रहेको अवस्थामा भु–माफियाहरुको आंखा लाग्यो र मिति २०६९ भदौ २८ गते मन्त्रीपरिषदबाट स्वीकृत गरिएको सुकुम्बासी समस्या समाधान आयोगको कार्यदेश पहिलो संसोधन २०६९ को ३ ख बमोजिम ततकालिन आयोगले बितरण गरेको जग्गा कानुन सम्मत नभएको भनी मिति २०६९ साल फागुन २३ गते जिल्ला सुकुम्बासी समस्या समाधान आयोग हुदै केन्द्रिय आयोगले समेत अनुमोदन गरि पहिले आयोगबाट नेपाल प्रहरी मातहतलाई दिएको आयोगले फिर्ता लिने निर्णय गरेको थियो ।

उक्त आयोगको निर्णयलाई मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतले जिल्ला अदालत, पुनरावेदन अदालत नेपालगञ्ज हुदै सर्वोच्च सम्म उक्त जग्गा बिवाद पुगेको थियो ।

ततकालिन आयोगले बितरण गरेको हाल फिर्ता लिने निर्णय सम्वन्धीत निकाय प्रहरी मातहतका गैर सरकारी संस्थाहरुले हक दाबी समेत नगरेको भन्दै सर्वोच्च अदालतले समेत मिति २०७० साल माघ १६ गते जग्गा उक्त जग्गामा मध्यपश्चिम प्रहरीको हक दाबी नपुग्ने फैसला गरेको थियो ।

पहिल्यको जग्गा धनी राजमार्ग गस्ति प्रहरी कार्यालय, प्रहरी कल्याण कोष पेट्रोल पम्प र प्रहरी परिवार महिला संघ सर्वोच्चबाट नै हकदाबी नलाग्ने गरि बेदखल गराईपछी उक्त जग्गामा तल बिवरणमा उल्लेखित अधिकांस हुकुमबासी ब्यक्तीहरुलाई सुकुम्बासीको रुपमा जग्गामा हक दाबी गर्न लगाई जग्गा बितरण गर्न आयोगको जिल्ला समितिले मिति २०६९ साल फागुन २३ गते निर्णय गरि उक्त जग्गाको हरेक ब्यक्तीको नाममा कित्ता काट गरि जग्गाको लालपुर्जा समेत बितरण गरेको छ ।

सुकुम्बासीको नाममा जग्गा लिनेहरुको बिवरण
सुकुम्बासीको नाममा जग्गा लिनेहरुको बिवरण

बिक्रम सम्वत २०६९ मा सुकुम्बासीका नाममा हुकुमबासीहरु समेतले जग्गा प्राप्त गरि चुप्प लागेर बसेकोमा लकडाउनको समयमा जिल्ला मालपोत कार्यालय बांकेको समेतको संलग्नतामा उक्त जग्गाको ति जग्गाधनीहरुबाट मालपोत बुझीदिनु भनी कोहलपुर नगरपालिकाको वडा नम्बर ४ को कार्यालयलाई मालपोत अधिकृत प्रेम बहादुर दौल्यालले यहि मिति २०७७ साल असार २३ गते एक पत्र लेखेर मालपोत रकम असुली गरिदिनु भनी पत्र लेख्नुभएको थियो ।

उक्त पत्र पछी करोडौंको जग्गा ब्यक्तीको नाममा गएको अन्तीम बैधानकिता दिने तयारीको जानकारी कोहलपुर बासिले थाह पाएपछी स्थानियहरु जुरमुराएर बिरोधमा उत्रिएका हुन । वडा कार्यालयमा ४१ जनाको नाम र जग्गा कित्ता समेत खोली (जुन तल बिवरणमा उल्लेख छ) मालपोत बुझन अनुरोध गरेपछी वडा कार्यालयका जनप्रतीनिधी हुदै कोहलपुर नगरपालिकामा पुगेपछी कोहलपुरका जनतामा भुसको आगोसरी सल्कीएर स्थानियहरु बिरोधमा उत्रिएका छन ।

उक्त बिरोधको आवाज कोहलपुरका केही ब्यक्तीहरुले सिधै फोन मार्फत भुमिसुधार मन्त्री पदमा अर्याललाई जानकारी गराएपछी मन्त्री अर्यालयले सम्वन्धीत बिभाग हुदै मालपोत कार्यालय बांकेमा अभिलम्भ प्रक्रिया रोकी घटनाको टानबीन गरि दोषि माथी कार्बाही गर्ने बताएपछी हिजो २०७७ साल असार २८ गते मालपोत कार्यालय बांकेका प्रमुख प्रेम दौल्यालले पुनः पत्र लेखी २०६९ साल चैत्र ९ गतेको मिसल नम्बर १२२को आधारमा लेखिएको पत्र भुलबश भएकोले उक्त जग्गाको मालपोत असुली नगर्न नगराउन भनी पत्र लेखिएको छ ।

उक्त जग्गा काण्डका सम्वन्धमा गरिएको प्ररारम्भीक अनुसन्धानको क्रममा हाल करीब ५० देखी ६० करोडौं सम्म पर्ने उक्त जग्गामा जग्गा प्राप्तीका लागि बिभिन्न ब्यक्तीहरुलाई सहयोग गरे बापत दिने गरि ५० देखी ५५ लाख सम्म खर्च आउने र उक्त खर्च बढी जग्ग लिनेले गर्ने र खर्च नगर्ने तथ शक्ती भएकाहरुले शक्ती लगाएको आधारमा जग्गा प्राप्त गर्ने गरि सहमती भएको स्रोतले जानकारी दिएको छ ।

उक्त जग्गाको महत्वपूर्ण बिवरण तल उल्लेख गरिएको छ ।

पहिल्य मालपोत बुझनु भनी पठाएकोमा असार २८ गते नबुझनु भनी पठाएके पत्र