बांकेको चलखेलले दांग र रुपन्देहीका अबैध क्रसर तथा बालुवा खानी पनि बन्द गर्न प्रदेश ५ सरकारको निर्देशन

 

बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग सेतो सर्टमा, साथमा अन्य सुरक्षा निकायका प्रमुखहरु अबैध क्रसर सञ्चालन तथा भण्डारण क्षेत्रको अध्ययन भ्रमणको क्रममा

१३ साउन, नेपालगञ्ज/  प्रदेश नम्बर ५ को सरकारले प्राकृतिक स्रोत र साधनको संरक्षण र उपयोगको ब्यवस्थापन नयां सिराबाट गर्ने तयारि गरेको छ ।

बांकेमा सञ्चालनमा रहेका अबैध क्रसर तथा बालुवा प्रसोधन केन्द्र बांके प्रशासनले स्थानिय निकाय कार्य सञ्चालन र स्थानिय प्रशासन ऐन बमोजिम केही दिन अघि बन्द गरेपछी भएको थप चलखेलको आधारलाई लिएर प्रदेश नम्बर ५ सरकारले यसप्रती चासो देखाउदै यस्ता प्राकृतिक जन्य पदार्थहरु संरक्षण तथा उपभोगका लागि हाल भएका ऐन, नियम र कानुनको परिधि भित्र रहेर थप कडाईका साथ नयां सिराबाट अगाढी बढने गरि छलफल अगाढी बढाएको छ ।

उद्योग,प्रर्यटन, वन तथा वाताारण मन्त्रालयका मन्त्री लिला गिरी

प्राकृति स्रोत र साधनहरुको अबैध उत्खन, उपभोग र ओसार पसारका लागि ब्यापारीहरुले प्रकृतिको दोहन गरिरहेको बिभिन्न सञ्चार माध्यममा समाचार आाएपछी प्रदेश नम्बर ५का मुख्यमन्त्री शंकर पोख्रेलले आफनो प्रदेशको सम्वन्धीत मन्त्रालय उद्योग,प्रर्यटन, वन तथा वाताारण मन्त्रालयका मन्त्री लिला गिरीसंग चासो ब्यक्त गर्नुभएको थियो ।

५ नम्बर प्रदेश सरकारका उद्योग,प्रर्यटन, वन तथा वाताारण मन्त्रालयका मन्त्री लिला गिरीको अगुवाईमा  प्राकृतिक स्रोत र साधनको संरक्षण र उपभोगका लागि हाल सम्मको अध्ययन र अनुभवको आधारमा भए गरेका ऐन, नियम र कानुनको परिधि भित्र रहेर के-कसरी नियमन गर्न सकिन्छ भन्ने बिषयमा बिज्ञ ब्यक्ती तथा सम्वन्धीत जिल्ला प्रशासन, समन्वय समितिसंग परामश गरिरहनु भएको छ ।

त्यसै क्रममा मन्त्री गिरिले प्रदेश नम्बर ५ का प्रहरी प्रमुख मार्फत सबै जिल्लामा अबैध क्रसर तथा बालुवा प्रशोधन केन्द्रहरुको निगरानी बढाएर नियमन गर्न सर्कुलर जारि गरेपछी प्रहरीले पनि यसलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुक

५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले दाङ सहित प्रदेश ५ का सबै जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका क्रसरमाथि नेपाल प्रहरी एक्सनमा जाने र नियम,कानुन मिच्ने कोहि कसैसँग कम्प्रमाइज नगर्ने तिनिहरुलाई कारबाही हुने दांगमा भएको एक कार्यक्रममा सोमबार अभिब्यक्ती दिनुभएको छ ।

अबैधरुपमा सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न दांगमा प्रहरी नायब निरिक्षक सुमित खडकाको संयोजकत्वमा एक अध्ययन समिति समेत गठन गरिएको छ । समितिले ७ दिन भित्र रिपोट तयार गरि नियम मिचेर सञ्चालनमा रहेका सबै क्रसर र वालुवा प्रशोधन केन्द्र बन्द गर्ने छ ।

बातावरण संरक्षण ऐन र नियमावली २०५४/५६ अनुसार जुन सुकै प्राकृतिक स्रोत र साधनको प्रयोग र संरक्षणका लागि प्ररारम्भीक वातावरणिय प्रभाव मुल्यांकण र बृहत वातावरणिय प्रभाव मुल्यांकण अनिबार्य गर्नुपर्ने, नदिजन्य पदार्थका लागि स्थापित क्रसरहरु कच्चा पदार्थ तोकिएको नदिको किनाराबाट कम्तीमा ५ सय मिटर टाढा र मानव बस्ती नभएको ठाउंमा ऐन नियम र प्रक्रिया पु–याएमा सञ्चालनका लागि अनुमती लिएर सञ्चालन गर्न सकिने प्रावधान रहेको छ ।

ऐन, नियम भएका कानुन र परिधिहरु मिचेर, मिलेमतोमा निकुञ्ज क्षेत्र भित्रको समेत नदिजन्य पदार्थको ब्यापार गदै आइरहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रहरु बन्द गर्ने बांकेमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग र अन्य सम्वन्धीत जिल्लाका प्रजिअ, प्रहरी प्रमुखहरुसंग समेत आवश्यक परामर्श लिएर प्रदेश नम्बर ५ सरकारले बांके लगायत ततकाल दांग र रुपन्देहीका नदिनालाहरुमा समेत सञ्चालनमा रहेका अबैध क्रसरहरु ततकाल बन्द गरेर कडारुपमा प्रस्तुत हुन मातहतलाई निर्देशन दिएको छ ।

प्राकृतिक स्रोत र साधनको जबरजस्त दोहनको कारणले नदिनालामा पानीको मुहानहरु सुक्दै गईरहेका छन भने संरक्षणका लागि भएका ऐन नियम र प्रकियाहरु मिचेर मिलेमतोमा ठाडै उलंघन गर्नेहरुको जमात पनि पछील्लो समयमा बढीरहेको छ ।

प्रकृतिको दोहन गर्ने बांकेमा क्रसरहरु बन्द गरिएपछी सञ्चालनका निम्ती थप चल खेल भएपछी प्रदेश ५ सरकारले बांकेले चालेको कदम सहि रहेको ठहर गर्दै अन्य जिल्लामा पनि ततकाल कार्यन्वयन गर्ने गरि मातहतलाई निर्देशन जारि गरिसकेको सम्वन्धीत जिल्ला प्रशासन र प्रहरीले चालेका कदमहरुले देखिन्छ ।