निर्वाचन आयोग द्धारा प्रदेश र प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फका उम्मेदवार प्रकाशित सूची ..

१७ कात्तिक, काठमाडौं/   निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुझाएको उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ।

शुक्रबार अपरान्ह आयोगमा पत्रकार सम्मेलन गरी राजनीतिक दलहरुले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची सार्वजनिक गरेको हो। आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले ५३ वटा राजनीतिक दलहरुले संशोधनसहित बुझाएको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची सार्वजनिक गरिएको जानकारी दिए।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारमाथि दावी विरोध गर्न कात्तिक २४ गतेसम्मको समय तोकिदिएको छ।

त्यसपछि छानबिन गरी मंसिर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि आयोगका सचिव पौडेलले स्पष्ट पारे। निर्वाचन कानुनले तोकिदिएको क्लष्टरभित्र रहेर राजनीतिक दलहरुले उम्मेदवारको संशोधित सूची बुझाएपछि आयोगले त्यसको विवरण सार्वजनिक गरेको हो। आगामी मंसिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

हेर्नुस् सूची

समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची