पछील्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएर २१ हजार ९ पुग्यो

२० साउन, नेपालगञ्ज/  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित पाइएको छ ।

यो पछील्लो संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २१ हजार ९ पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिंगमा प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जनाको मुत्यू सगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने १५ हजार २६ संक्रमित निको भएर घर फकिएका छन ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८,भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।