कोहलपुरमा कोभिड–१९ संक्रमित महिलाको मुत्यू, वडा प्रहरी कार्यालय नेपालगञ्ज इन्चार्ज सहित ३६ जनामा कोरोना संक्रमण

२५ साउन, नेपालगञ्ज/ कोरोनाका संक्रमणबाट कोहलपुर मेडिकल कलेजमा १ जना महिलाको आईतबार दिउसो मुत्यू भएको छ ।

कोहलपुर नगरपालीका वडानम्बर २ निवासी ७० बर्षिय ति महिला कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकोमा आइृतबार अपरान्ह ३ बजे मुत्यू भएको अस्पताललाई उधृत गदै बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनुभएको छ ।

यो रिपोटसगै नेपालमा कोरोनाबाट मुत्यू हुनेको संख्या ७६ पुगेको छ ।

यत भेरी अस्पतालको कोरोना परिक्षण ल्याबको आईतबार सांझ सार्वजनिक गरिएको रिपोर्ट अनुसार नेपालगञ्जमा थप ५१ जनामा कोरोना पोजेटिभ भएको पाइएको छ ।
रिपोट अनुसार साउन २२ गते वडा प्रहरी कर्यालय नेपालगञ्जमा स्वाब संकलन गरि भेरी अस्पतालमा आरटिपिसिआर बिधि द्धारा परिक्षण गरिएको थियो । उक्त परिक्षणको रिपोट अनुसार वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरिक्षक हरि बस्नेत सहित ३० जना प्रहरीमा कोरोना संक्रमण भएको पाइएको छ । संक्रमण हुनेहरुमा वडा प्रहरी कार्यालय नेपालगञ्जमै कार्यरत प्रहरी नायब निरिक्षक माधव रिजाल, बागेश्वरी मन्दिरमा कार्यरत १ जना गरि ४ जना प्रहरी सहायक निरिक्षक र अन्य हवल्दार तथा सिपाई गरि ३० जना प्रहरी रहेका छन ।

यस अघि नै नेपालगञ्ज कारागारबाट १ जना बिरामी भई अस्पतालमा उपचारको क्रममा कोरोना परिक्षण गर्दा संक्रमण भएको पाइएपछी वडा प्रहरी कार्यालयबाट उक्त बन्दीको कुरुवामा खटिएका १ जना सिपाईलाई पोजेटिभ भएको पाइएको थियो । उक्त सिपाईको कन्टयाक्ट ट्रेसिंगमा वडा प्रहरी कार्यालयकै नमुना परिक्षणमा ६ जना पोजेटिभ भएको पाइएको थियो ।

उक्त रिपोट पछी साउन २२ गते वडा प्रहरी कार्यालयमा कार्यरत बांकी ४२ जनाको परिक्षण गरिएकोमा आईतबार ३० जनाको रिपोर्ट पोजेटिभ आएको र अन्य १२ जनाको रिपोर्ट नेगेटिभ आएको पाइएको छ ।

संक्रमितहरुसगै लसपस भएका केही ब्यक्तीहरुमा रिपोट नेगेटिभ आएकोमा वडा प्रहरी कार्यालयका अधिकृतहरुमा समेत आशंका उत्पन्न गरेको बताएका छन ।
त्यसका साथै अन्य पोजेटिभहरुमा नेपालगञ्ज १० निवासी १ जना सभासद, कोहलपुुर ठेगाना भएका ३ जना र दांगका ३ जना गरि आईतबार ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

भेरी अस्पतालको रिपोर्ट अनुसार हाल सम्म भेरी अस्पतालमा आरटिपिसिआर बिधिद्धारा कोरोना परिक्षणको लागि २५ हजार २ सय ८४ जनाको स्वाब प्राप्त भएकोमा २४ हजार ९ सय ५० जनाको रिपोट सार्वजनिक भइसकेको छ । त्यसमा १ हजार ८५ जना पाजेटिभ केस आएको छ ।

साउन २४ गते ३५० जनाको परिक्षण गरिएकोमा त्यसमध्य ५१ जनाको कोरोना पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बांकेमा  निषेधाज्ञा जारि गरेर नेपालगञ्जका केही ठाउंहरु सिल पनि गरेको छ ।

 

सम्बन्धित शीर्षक