ब्यवस्थापकीय लापरबाहीका कारण नेपालगञ्जका ठुला अस्पतालहरु अस्तब्यस्त, जनशक्ती हतोत्साहित

२७ साउन, नेपालगञ्ज/ पश्मिच नेपालका तराई देखी हिमाल सम्मका नागरिकको आसा र भरोसाका केन्द्रबिन्दु बनेका नेपालगञ्जका ठुला अस्पतालहरु  कोरोनाका कारण  देखाउदै ब्यवस्थापकिय कमजोरीका कारण केही दिन यता अस्तब्यस्त भएको एउटा सानो घटनाले उदांगो पारिदिएको छ ।

नेपालगञ्ज उपमहानगर संगै सिमाना जोडिएको डडुवा गाउंपालिका वडा नम्बर २ की प्रीती खटिक सुत्केरी ब्यथा लागेर स्थानिय हेल्थपोष्टहरु चाहदै उपचारको लागि सोमबार नेपालगञ्ज रिफर भएर आउनु भएको थियो ।

हेल्थपोष्टहरुमा चेक जांचको क्रममा सुत्केरीको समयअवधी पुगेको र पेटमा बच्चा उल्टो परेर बसेकाले अप्रेसन गर्नुपर्ने भन्दै नेपालगञ्जमा आफुलाई सेवाभावले खोलीएको भनिएको नेपालगञ्ज मेडिकल कलेज देखी ब्यवसायिक कहलिएको वेस्टर्न देखी सरकारी भेरी अस्पतालमा समेत पुगे कतै उपचारको निम्ती लिइएन ।

बरु एकले अर्को अस्पताल तिर औला ठडयाउदै उतै तिर जान भनिरहे र सुत्केरी ब्यथाले च्यापेको बिरामी बोकेर प्रीतीकी जेठाजु माधव राम खटिक यता-उता भौतारिरहेको समय स्थानिय युवाहरुको जानकारीमा बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग आफै बिरामी लिएर भेरी अस्पतालका पूर्व प्रमुख श्यामसुन्दर यादब लगायतले सञ्चालन गरेको नेपालगञ्जको बिधुत कार्यालय रोडमा रहेको मां जानकी अस्पतालमा लिएर पुगेपछी अस्पतालको टिमले सफल सल्याक्रिया पछी आमा र बच्चाको ज्यान बचाइएको छ ।

यो उरोक्त घटनाले पनि के जग-जाहेर गर्दछ भने नेपालगञ्जमा यतिखेर अस्पतालहरुको अवस्था अस्तब्यवस्त छन । जिम्मेवार निकायहरु कानमा तेल हालेर बसेको अवस्था देखिन्छ ।

बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग आफनो टिमको साथमा जनसेवाको लागि सडकमा तैनाथ सेतो कार्यालय पोशाकमा ।

कोरोनाको गम्भीर अवस्थामा सेवा गर्न भनेर छनौट गरिएको कोहलपुर मेडिकल कलेज समेत केही दिन यता झनै अस्तब्यस्त रहेको छ । त्यसको मुख्य कारण भनेकै त्यहां कार्यरत दक्ष जनशक्तीको परिचालनमा लापरबाही र कमजोरी देखिन्छ । एकातिर दक्ष जनशक्तीको भावनाको कदर नगरेर नोकरशाही ब्यवहार गर्नु रहेको छ भने  कोरोना कहरको समयमा जनशक्तीको चाहना, भावना र आवश्यक्ता बमोजिम प्रशासनको कार्यन्वयन तहमा लापरबाही  रहेको त्यहां कार्यरत ब्यक्तीहरुले जानकारी दिनुभएको छ ।

सरकारले भने अनुसारको सेवा-सुबिधा र मापदण्ड बमोजिम बिरामी उपचारमाअस्पताल प्रशासनले ध्यान नदिनु नै हो भने अर्कोतिर अनुगमन गर्ने सम्वन्धीत निकाय त्यस प्रति आंखा चिम्लीनु पनि रहस्य बन्दै गएको छ ।

कोरोनाका गम्भीर बिरामीहरुलाई भेरी र नेपालगञ्ज नसिंंगहोमको माथील्लो तलामा केही बेडहरु छुटयाइएको छ भने संकटको समयमा यी अस्पतालहरु आफै मानबिय कार्यमा जुटनुपर्नेमा हाल छुटयाइएका बेड र थोरै जनशक्ती पनि देखावटी मात्र रहेको त्यहां कार्यरत ब्यक्तीहरुले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमित ब्यक्तीहरुको पहिचान भएपछी आइसोलेसनमा राख्ने र स्वास्थ्य समस्या भएमा केही बेड भेरी अस्पतालमा र धेरै जसो नेपालगञ्ज मेडिकल कलेजको नसिंड होम र कोहलपुर स्थित मेडिकल कलेजमा कोरोना बिशेष अस्पतालको रुपमा सेवा दिने गरि सरकारले घोषणा गरे पनि स्थानिय स्तरमा त्यो ब्यवस्था कार्यन्वयन तहमा समस्या देखिएको छ ।

कागजी र मौखिक रुपमा ब्यवस्था गरिए पनि ब्यवहारिक रुपमा ब्यवस्थापन नभएको कोरोनाको १/२ वटा केस ठोक्कीने बित्तीकै छताछुल्ल भएको छ ।
गत शनिबार भेरीमा १ जना महिला सुत्केरी ब्यथा लागेर बिरामी भएर अस्पतालमा भर्ना भएको र ब्लड चेकजांचमा सबै भन्दा पहिला एचआइभी चेक गरे जस्तै आजभोली कोरोना चेक गर्नुपर्ने भएपछी महिलाको चेकजांचमा कोरोना पाइएपछी अस्पतालमा कर्मचारी देखी अस्पतालका जिम्मेवार ब्यक्तीहरु नै अस्तब्यव्त भएका छन । उक्त घटनापछी कठिन अवस्थामा उपचार गर्न आएका ब्यक्तीहरुले समेत उपचार नपाउने अवस्था सुर्जना भएको छ ।

उता कोहलपुर मेडिकल कलेजमा त झन उपचारका लागि आएका कोरोना बिरामीको मुत्यूसंग सामना गरेका जनशक्ती डाक्टर देखी नर्सहरु समेत कोरोना संक्रमित भएको पाइएपछी अस्पतालमा जनशक्ती बीच मानसिक रुपमा खजबजीएको अवस्था रहेको छ ।

मेडिकल कलेजले कोरोना संक्रमितहरुको उपचारमा सहभागी सबै तहका दक्ष जनशक्तीलाई प्रोत्साहन गर्ने घोषणा प्रशासनको तर्फबाट गरे पनि कार्यान्वय तहमा बदमासी भएर त्यो सेवा र सुबिधा नपाएर पिडित भएकाहरुले समस्याहरुको चांग सुनाएका छन भने प्रशासन पक्ष मौन रहेको छ ।

सरकारले कोरोना संक्रमण बढदै गएकाले सबै अस्पतालहरुले अनिबार्यरुपमा कोरोनाका बिरामीहरुका लागि बेडहरु छुटयाएर र सेवा दिनुपर्ने निर्णय गरेको छ ।
नेपालगञ्जका ठुला अस्पतालहरु भेरीअस्पताल, नेपालगञ्ज मेडिकल कलेज, वेष्टर्न, कोहलपुरमा रहेको कोहलपुर मेडिकल कलेजमा सम्वन्धीत पक्षहरुले अनुगमन गर्नुपर्दछ ।

अनुगमनको क्रममा त्यहां भएका मानव परिचालन देखी आवश्यक भौतिक सुबिधाको चुस्त दुरुस्त राख्न लगाउनुका साथै त्यहां कार्यरत जनशक्तीको मनोबल उच्च बनाउनअभिलम्भ अनुगमन गर्नुपर्नेमा आफैलाई कोरोना लागेर घरमै आइसोलेसनमा बसेको जसरी कोरोना भत्ता पचाएर बेपत्ता भएको जस्तो गरेमा भोली झनै ठुलो समस्या भोग्ने हिजो १ जनाको सुत्केरी बिरामीले घटनाले नमुनाको रुपमा  उजागर गरेको छ त्यस तर्फ  सम्वन्धीत पक्षको ध्यान  नपुगेकोमा स्थानिय प्रशासन समेत सशंकित बनेको छ ।

सामाजिक घटनामा प्रजिअ कुरुम्वांगको श्रानिय कार्य

सोमबार सुत्केरी ब्यथाले छटपटाएकी बांके डडुवा गापालिका वडानम्बर २ की प्रीती खटिकलाई बांकेका प्रजिअ राम बहादुर कुरुम्वांग आफै अस्पतालमा गएर अस्पताललाई गरेको आग्रहमा प्रीतीको सफल सल्याक्रिया पछी आमा र बच्चा दुबैको ज्यान बचाउन सफल भएको छ ।

प्रीतीको सल्यक्रिया उपचारमा संलग्न मां जानकीका प्रमुख श्यामसुन्दर यादव बीचमा गाढा हरियो मेडिकल पोशाकमा र अन्य सहकर्मिको साथमा ।

सोमबार सुत्केरी ब्यथा लागेर उपचार नपाएर भौतारिएकी प्रीती र सफल सल्याक्रिया पछी मां जानककी अस्पतालमा ।

बिरामी अस्पतालमा पु–याएपछी बिरामीको अवस्थाबारे अस्पताल प्रशासन समक्ष जानकारी लिदै प्रजिअ कुरुम्वांग