बांकेको बैजनाथ-५ मा रहेको जुवा अडडामा प्रहरीको छापा

 

३० भदौ, नेपालगञ्ज/  बांकेको बैजनाथ गाउंपालिका वडानम्बर ५ मा रहेको एक निजि खाली गोठमा पेशेवर रुपमा जुवा खेलिरहेको अवस्थामा गए राती प्रहरीले छापा मारी ७ जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा सधै पेशेवर रुपमा काटपत्ती जुवा खेल्ने गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा स्थानिय बासिन्दाबाट जानकारी गराएपछी सम्वन्धीत इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्लाको सूचना संकलन टोलीले संयुक्त रुपमा सोमबार राती छापा मार्दा  २ दर्जन बढी ब्यक्ती जम्मा भएर जुवा खेलीरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

उक्त ठाउंमा प्रहरीले छापा मार्ने बित्तिकै जुवा खेल्ने ठाउं खुला गोठ भएकोले जुवा खेल हेर्ने, खेलाउनेहरु प्रहरी पुग्ना साथ तितर-बितर भएका थिए ।
प्रहरीले प्रति दाउं २ हजारको हाराहारीमा खेलीरहेका र खेल्ने मध्यका ७ जना भने प्रहरीले नियन्त्रणमा लिएको र जसमध्य अधिकांसले पैसा हेर्नेहरुसंग लुकाई सकेको हुनाले खेलमा उठाएको नाल रकम २५ हजार ५ सय रुपैया मात्र फेला पारेको र सो रकम पनि पैसा उठाउदै बोत्तलमा राख्ने गरेकाले उक्त रकम फेला पारिएको उक्त घटनामा प्रत्यक्ष ब्यक्तीले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बांक स्रोेतले भने जुवामा पक्राउ परेका ब्यक्तीहरु प्रहरी कार्यालयमा ल्याइएको र छानबीन गरि तजबिज र नसियत वा अन्य कानुनी कार्बाही गर्ने सम्वन्धमा अनुसन्धान गरि अगाढी बढाइने बताएको छ ।