माघे संक्रान्ति पर्वका कारण ४ दिन खुला गरिएको नारायणगढ–मुग्लिन सडक आज राति देखि ६ घण्टा बन्द हुने

३ माघ,चितवन/  चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज बुधबार देखि पुनः राति ६ घण्टा बन्द हुने भएको छ।
माघे संक्रान्ति पर्वका कारण ४ दिन खुला गरिएको उक्त सडक पुन राति १० देखि बिहान ४ बजे सम्म बन्द रहने नारायणगढ मुग्लिक सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभएको छ।

यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ गतेदेखि माघ २ गतेसम्म ४ दिनका लागि उक्त सडक खुला गरिएको थियो।
गत पुस १८ गतेदेखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भैरहेको थियो।

आयोजनाले रातीमा काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्नै आवश्यकता भएको बताएका छन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्को निर्णय नभएसम्म राति ६ घण्टा सडक रोकेर काम गर्ने जानकारी दिनुभएको छ।

गाडी बिग्रने,ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ। उत्तः सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ। दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ।