नेपालगञ्जको न्यूरोड र नेपाल-भारत सिमा क्षेत्र जमुनहाबाट लागु औषध कारोबारी पक्राउ

Photo : File

२४ असोज, नेपालगञ्ज/ नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको टोलीले बाँकेका विभिन्न तीन ठाँउबाट ३० ग्राम ४ सय मिलिग्राम लागु औषध ब्राउन सुगर सहित ४ जनालाई बुधबार पक्राउ गरेको छ । ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञ्जको न्यूरोडमा रहेको सत्यम फैन्सी बस्त्रलालय पसलका सञ्चालक ४८ वर्षिय अरुण जैसवाल लाई २३ ग्राम ४ सय मिलि ग्राम ब्राउन सुगर सहित बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले जैसवाललाई २३ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित उन कै पसलबाट बुधबार दिउसो १ः३० बजे पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
पौडेलले जैशवालले नेपालगञ्जमा एक ड्रग डिलरको रुपमा कारोवार गर्दै आएको प्ररारम्भीक जानकारी प्राप्त भएको दाबी गर्नुभएको छ ।

त्यसैगरी प्रहरीले बुधबार दिउसो २ बजे रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका बाँके बैजनाथ–१ चिसापानीका मनोज विक र रमेश डाँगीको साथबाट ४ ग्राम र ३ बजेतिर कोहलपुर नगरपालिका–१ का जंगबहादुर थापाको साथबाट ३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

लागू औषधको ट्रान्जिटको रुपमा रहेको नेपालगञ्ज र यसका कारोबाहीहरुलाई निरुत्साहीत पार्नको लागि सचेतनामूलक गतिविधि सञ्चालन गर्नुको साथै ओसारपसारमा समेत प्रहरीले बिगत देखी नै कडाई साथ नियन्त्रण लागीरहेको छ ।

सम्बन्धित शीर्षक