बांकेमा प्रहरीद्धारा डेढ करोड बराबरको १.२ किलो हिरोइन बन्ने १० किलो अफिम पक्राउ

२२ कार्तिक, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बांके र लागु औषध नियन्त्रण इकाई कार्यालय नेपालगञ्जले शुक्रबार बांकेको पश्चिम क्षेत्रमा पर्ने खजुरा गाउंपालिकाको वडा नम्बर ८ रनियापुरबाट १० किलो अफिम सहित एक जना बयक्तीलाई पक्राउ गरेको छ ।

प्रहरीलाई प्राप्त बिशेष सूचनाको आधारमा प्रहरीले खोजतलास गर्नेक्रममा बांकेको रनियापुरमा जाजरकोट जिल्लाको जुनिचाँदे गाउंपालिका वडानम्बर २ वस्ने वर्ष ३७ को तिलक बहादुर शाहीले बोकेको झोला खानतलासी गर्दा १० किलो ४ सय ग्राम अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख उपरिक्षक ओम बहादुर रानामगरले बताउनु भएको छ ।

पक्राउ परेका ब्यक्तीले झोलामा पलास्टीकले बेरेर बिभिन्न ११ वटा पोका बनाएर झोला बोकी भारत तर्फ निकासी गर्ने मनसायले बोकेको हुनसक्ने प्ररारम्भी अनुसन्धानबाट खुलेको र अन्य थप अनुसन्धानपछी कानुनी कार्बाही अगाढी बढाईले प्रहरीले जानकारी दिएको छ ।

नेपालमा मध्य पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने उक्त अफिम खेती प्रसस्त मात्रामा हुने र अफिमको फललाई हल्का बिलेडले चिरेर फलबाट दुध जस्तो सेतो पदार्थ निस्कन्छ र उक्त दुध बाहिर निस्केपछी एक ठाउंमा जम्मा भएर सुक्छ र त्यही सुकेको दुधबाट अफिम तयार गर्ने गरिन्छ । अफिम नेपालमा मादक पदार्थको रुपमा लिएर कार्बाही गरिदै आएको छ भने भारतमा यसलाई कानुनीरुपमा लाइसेन्स दिएर उत्पादन पनि पर्ने गरिन्छ । यो अफिम प्रया:जसो मानिसले तनाव तथा पिडा कम गर्ने औषधीको रुपमा पनि मेडिकल प्रयोग गर्ने गर्दछन ।

अफिमलाई प्रसोधन गरेर हिरोइनको रुपमा उत्पादन पनि गर्ने गरिन्छ । भारतमा बिगतका बर्षहरुको तुलना अध्यधिक माग भइरहेको छ भने उक्त अफिम प्रसोधन गरेर हिरोइनको रुपमा नेपालमा पनि आउने गर्दछ । फिमा १२ प्रतिशत मार्फीन नामक पदार्थ पाइन्छ जुन पदार्थ हिरोइनको रुपमा बजारमा आउने गर्दछ ।

समग्रमा १ सय किलो अफिममा १२ केजी हिरोन बन्ने गर्दछ । हिरोइनको मुल्य अन्र्तराष्टिय बजारमा फरक-फरक भएपनि १ केजी हिरोनलाई भारतको मुम्बईमा १ करोड भारतीय रुपैयाको आसपास रहेको भारतिय सुरक्षा अधिकारी र लागुऔषध बिभागलाई उल्लेग गदै भारतिय सञ्चार माध्यमहरुले समाचार प्रकाशित गर्ने गरेका छन । नेपालमा ८ मिलिग्रामलाई १० हजार रुपैया सम्म हाल्ने गरेको खुल्न आएको नेपाल प्रहरीको लागु औषधमा कार्यरत अधिकारीहरुले बताउने गरेका छन।