बांके जिल्लाका कार्यालय प्रमुखहरुको अनुकरणिय कार्य: अभिभावक गुमाएका र विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण


१३ बैशाख, नेपालगञ्ज/ बाँके जिल्लमा कार्यरत बिभिन्न १० वटा सरकारी कार्यालयका कार्यालय प्रमुखहरुले बांकेको खजुरा गाउँपालिकाका १० जना बालबालिकाकाको बुधवार अभिभावकत्व ग्रहण गदै भर्ना अभियानलाई संघाउनु भएको छ ।

सबै बालबालीकालाई शिक्षाबाट बञ्चीत नहोउन भन्ने उदेश्यले सरकारले सबै बालबालीका स्कुलमा पढन जाउन भन्ने उदेश्यले नयां शैक्षिक सत्रमा बिभिन्न रचनात्मक कार्य सहित भर्ना अभियान जारी राखेको छ ।

बांके जिल्लामा भर्ना अभियानलाई सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बुधबार एक सार्वजनिक कार्यक्रम बीच बांके जिल्लाका बिभिन्न १० वटा कार्यालयका कार्यालय प्रमुख प्रमुखहरुले बांकेको खजुरा गाउँपालिका वडा नम्वर ६ पुरैनामा रहेको जनसेवा माविका १–१ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सोही ठाउंमा अध्ययन गर्ने कक्षा ९ का बलबहादुर सुनारको अभिभाकत्व ग्रहण गर्नुभएको छ ।

मानिस समाजिक प्रार्णी भएपछी कमजोर पक्षलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाको बिकास गराउने क्रममा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायत

  • महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाहले कक्षा १० मा अध्ययनरत लक्ष्मी सुनारको,
  • क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्ज क्षेत्रिय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले कक्षा ७ का कमल रावलको,
  • शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय बाँकेका निमित्त प्रमुख गोर्खबहादुर थापाले कक्षा ८ का अस्मिता कुवरको
  •  बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले कक्षा ८ का ऋतु बुढाको,
  • शसस्त्र प्रहरीका एसपी फणिन्द्र पौडेलले कक्षा ९ का सुवास राना क्षेत्रीको,
  • भैरवनाथ गणका गणपति सुर्य थापाले कक्षा २ का हरि घर्ति
  • शैक्षिक तालिम केन्द्र नेपालगञ्ज प्रमुख रामलाल खड्काले कक्षा ८ का अंगराज बमको
  •  खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले कक्षा ६ कि  लक्ष्मी सार्कीको
  • प्रमुख कोष नियन्त्रक ठाकुर प्रसाद पौडेलले तीलसरा सुनारको

एक सार्वजनिक समारोहमा अभिभावकत्व ग्रहण गर्नुभएको हो।
बालबालिकाहरु उच्च मनोबलका साथ अध्ययन गर्न र आफनो तर्फबाट सक्दो सहयोग गर्ने बचनका साथ स्कुल भर्नाको समयमा शैक्षिक समाग्रीहरु झोला र स्टेशनरी हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरेको घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बांके जिल्लाबाट आर्थिक रुपले विपन्न र अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व ग्रहण गरि सकारात्मक शन्देश दिने प्रयास गरिएको र त्यसमा अन्य बिभिन्न पक्ष र क्षेत्रका ब्यक्तीहरुले पनि अब सक्दो केही गरों भन्ने संन्देशको रुपमा अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम सुरु भएको बिचार ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी अन्य कार्यालय प्रमुखहरुले आफ्ना–आफ्ना छरछिमेकका बालबालिकालाई विद्यालय भर्ना गरि हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पु९याउने काममा सहयोग गर्न आग्रह गदै सबै चिजमा राज्यको मात्र मुख नताकेर अब आफैबाट एक आपसमा सहयोगी भावनाका साथ बिकासमा जुटनु पर्ने बताउनु भएको छ ।