बांकेमा कोरोनाबाट हाल सम्म १० जनाको मुत्यू:  कोहलपुर मेडिकल कलेजमा मंगलबार पनि अर्घाखांचीका ४२ बर्षिय पुरुषको मुत्यू

२३ भदौ, नेपालगञ्ज/ कोहलपुर मेडिकल कलेजमा मंगलबार बिहान साढे ९ : २० बजे थप १ जना कोरो संक्रमित ब्यक्तीको मुत्यू भएको छ ।

कोरोना संक्रमितअर्घाखांची जिल्लाको शितलगंगा नगरपालिका वडानम्बर १२ का ४२ बर्षिय पुरुषको मंगलबार बिहान कोहलपुर स्थित मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

बांके जिल्ला कोराना संक्रमण ब्यवस्थापन समिति एवम स्वास्थ्य कार्यालय बांकेमा प्रवक्ता नरेश श्रेष्ठका अनुसार  गत साउन २७ गते टिप्पर दुर्घटनामा परि भैरहवा स्थित मेडिकल कलेजको अस्पतालमा उपचार भइरहेकोमा बिरामीको शंका लागि गत भदौ ५ गते भिम अस्पताल भैरहवामा रहेको कोरोना परिक्षण ल्याबमा कोरोना परिक्षण गरिएकोमा संक्रमण भएको प्रमाणित भएको थियो ।

कोरोना संक्रमित उक्त ब्यक्तीको उपचारमा समस्या भएपछी थप उपचारका लागि भैरहवाबाट कोहलपुर स्थित मेडिकल कलेजमा उपचारको लागि गत भदौ ११ गते भर्ना गरिएको थियो ।

बिरामीमा कोरोना संक्रमित पश्यात छाती तथा फोक्सोमा सिभियर निमोनियाले असर गर्दे गएको र मंगलबार बिहान ९ बजेर २० मिनेट जांदा मुत्यू भएको कोहलपुर मेडिकल कलेज र आफन्तहरुले जानकारी दिएका छन ।
बांके जिल्लामा हाल सम्म बाहिरी जिल्लाका ३ जना सहित १० जना ब्यक्तीहरुको कोरोना समेत संक्रमित ब्यक्तीहरुको मुत्यू भईसकेको स्वास्थ्य कार्यालय बांकेमा प्रवक्ता नरेश श्रेष्ठ जानकारी दिनुभएको छ ।