नेपालगञ्जमा पत्रकारहरुका लागी निर्वाचन अनुशिक्षण कार्यक्रम सम्पन्न

२९ कात्तिक, नेपालगञ्ज/क्षेत्रिय निर्वाचन कार्यालय नेपालगञ्जको आयोजना र नेपाल पत्रकार महासंघ बांके शाखाको समन्यवमा बांकेका पत्रकारहरु लागी निर्वाचन सम्वन्धी १ दिने अनुशिक्षण कार्यक्रम नेपालगञ्जको क्षेत्रीय पशु तालीम केन्द्रमा बुधबार सम्पन्न गरिएको छ । 

निर्वाचन आफैमा जनमतको एक उच्च कदर गर्ने माध्यम भएकाले निर्वाचनमा समाबेश सबै पक्षले निर्वाचन आचारसंहितालाई नैतिक बन्धको रुपमा ग्रहण गरेर यसको पालना गर्नुपर्ने सहभागीहरुले जोडदिनुभएको छ ।

निर्वाचन सम्वन्धी अनुशिक्षणमा कार्यक्रममा निर्वाचन सम्वन्धी कार्यबिधि कानुनको संक्षिप्त जानकारी दिदै क्षेत्रिय निर्वाचन कार्यालयका नेपालगञ्जका क्षेत्रिय निर्वाचन अधिकृत बसन्त राज अधिकारीले आसन्न प्रतिनिधी तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागी नेपालको संबैधानिक र त्यस मातहत बनेका निर्वाचन सम्वन्धी ऐन, नियम, निर्देशिका तथा कार्यबिधि सम्वन्धी लगायतका बिषयमा संक्षिप्त रुपमा पत्रकारहरुलाई अनुशिक्षण दिनुभएको थियो । 

निर्वाचन संम्वनधी थप बिधि,प्रक्रिया र कानुनी ब्यवस्थाको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको उक्त अनुशिक्षण कार्यक्रमा अर्का निर्वाचन अधिकारी बिनोद शर्माले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी मतदान र मतदान प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो ।

त्यसैगरी निर्वाचन स्रोत ब्यक्ती बिष्णु प्रशादले समग्र निर्वाचन ब्यवस्थापन र परिचालन, पत्रकार महांसंघका अध्यक्ष ठाकुर सिह थारुले निर्वाचनमा मिडियाको भुमिका सम्वन्धी बिषयमा सहजीकरण गर्नुभएको थियो । उक्त अनुशिक्षणमा बांकेका करीब ५० जना पत्रकारहरुको सहभागीता रहेको थियो ।