अब तपाई २४ सै घण्टा निगरानीमा : नेपालगञ्ज शहरका प्रमुख सबै ठाउंमा सिसि टिभी क्यामेरा जडान

२२ साउन, नेपालगञ्ज/ तपाई नेपालगञ्ज शहरमा प्रबेश गदै हुनुहुन्छ ? यदी नेपालगञ्जकै बासिन्दा वा बाहिरबाट पाहुना बनेर वा निजि कामले शहरमा प्रबेश गदैहुनुहुन्छ भने तपाई अब शहरको प्रमुख ठाउंमा जडान गरिएका सिसि टिभी क्यामेराको निगरानी हुनुहुन्छ ।

पश्चिम नेपालको प्रमुख द्धारको रुपमा रहेको ब्यापारिक नगर नेपालगञ्ज उप–महानगरपालीकाको प्रमुख प्रबेश मार्ग तथा मुख्य चौक गरि १६ वटा ठाउंमा ५६ वटा सिसि क्यामेरा जडान गरिएको छ ।
२४ औं घण्टा सञ्चालित उक्त क्यामेराको कन्ट्रोल रुप जिल्ला प्रहरी कार्यालय बांकेमा राखेर प्रहरीले नै निगरानी गर्ने गरि उक्त क्यामेरा जडान गरिएको छ ।

स्थानिय उद्योगी, ब्यापारी, बिभिन्न संघ/संस्था समेतको सहभागीतामा नेपालगञ्ज सिसि टिभी ब्यवस्थापन समिति गठन गरेर काम सुरु गरेको थियो ।

गत बर्षको चैत्र ५ गते नेपालगञ्ज उद्योग बाणिज्य संघको हलमा सर्वपक्षिय भेलाको आयोजना गरेर २५ सदस्यीय नेपालगञ्ज सिसि टिभी ब्यवस्थापन समिति गठन गरिएको थियो ।

उक्त समितिले करीब साढे ४ महिनाको समय सिमा भित्र शहरका मुख्य १६ ठाउंमा सिसि क्यामरा जडान गर्न सफल भएको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा गठन गरिएको उक्त २५ सदस्य नेपालगञ्ज सिसि टिभी ब्यवस्थापन समितिमा उपाध्यक्ष प्रेम प्रसाद सुबेदीको संयोजकत्वमा आर्थिक संकलन उप-समिति र सदस्य संजय थापाको संयोजकत्वमा सि.सि.टि.भि.सम्बन्धी प्राबिधिक अध्ययन उप-समिति गठन गरि एको थियो ।

सचिव बिजया धिताल, कोषाध्यक्ष हर्मेश सोनी र समितिका अन्य सदस्यहरुमा रचना श्रेष्ठ, टि.पि.न्यौपाने, टेक बहादुर खड्का, तारा रोकाय, शोभाखर पौडेल, प्रेम खत्री, ठाकुर सिंह थारु, सकिल जसगढ, संजय थापा, केशब न्यौपाने, तेज प्रसाद रेग्मी, उमेश गुरागाँई, चम्पालाल बोथरा, मान बहादुर थापा, डा.सुरेश कनौडिया, सलाउद्दीन जसगढ, सुरेश चन्द, किशन गुरुङ्ग, प्र.उ.टेक बहादुर तामाङ्ग, अजय कुमार टण्डन र प्र.नि. राजन कुमार गौतम गरी २५ जना सदस्यीय समिति गठन गरि काम  गरिएको थियो । समितिमा बसे पनी केही पदाधीकारी एवम सदस्य भने निस्क्रिीय जस्तै रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा सी.सी.टि.भी. व्यवस्थापन समिती मार्फत जन-सहयोग जुटाई नेपालगञ्ज उप-महानगर पालिकाका बिभिन्न स्थानमा सी.सी.टि.भी. क्यामरा जडान गरी उदघाटन गरिएको र उक्त उदघाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक श्री अजय श्रीवास्तव साथै बिशिष्ट अतिथिहरु नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी शेर बहादुर बस्नेत द्धारा संयुक्त रुपमा उद्धघाटन गरिएको जिल्ला प्रहरी कार्यालय बांकेको आधिकारीक फेसबुक पेजमा उल्लेख गरिएको छ ।
४५,७६,१०० रुपैया संकलन गरि सी.सी.टि.भी. जडानमा रु. ३६,०८,१२८  खर्च भएको र नेपालगञ्जका बिभिन्न १६ वटा स्थानमा ५६ वटा अत्याधुनिक सी.सी.टि.भी. क्यामेरा जडान गरी कन्ट्रोल सेन्टर जिल्ला प्रहरी कार्यालय बाँकेको हाता भित्र राखिएको जानकारी गराइएको छ ।

सोही अवसरमा नेपालगञ्ज सी.सी.टि.भी. व्यवस्थापन समितीका पदाधिकारीहरु साथै बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग पुर्याउनु हुने ब्यक्तीहरुलाई सी.सी.टि.भी.जडान कार्यमा सहयोगी भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारी तथा अन्य व्यक्तित्वहरुलाई उक्त अवसरमा सम्मान पत्र बितरण गरिएको बताइएको छ ।

नेपालगञ्जको कुन कुन ठांउंमा जडान गरिएको छ सिसि टिभी क्यामेरा

जमुनहा,
भन्सार
ट्राफिक कार्यालय
गणेशमान चौक
नेपालगञ्ज मेडिकल कलेज
बिपि चौक
धम्बोजी चौक
जिल्ला प्रहरी कार्यालय
पुष्पलाल चौक
राझां चौक
बस पार्क
सेतु चौक
त्रिबेणी मोड
वडा प्रहरी कार्यालय
त्रिभुवन चौक
भेरी अस्पताल चौक