आयल निगम दवारा पुन: पेट्रोलियम पदार्थमा मुल्य बृद्धि

५ पुस, नेपालगञ्ज / नेपाल आयल निगमले मंगलवार राती १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टी तेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ ।  

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टी तेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको बताउनु भएको छ ।खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा  हुने बताइएको छ ।

मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे निगमले जनाएको छ । खाना पकाउने एलपीजी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा छ ।

डिजेल र खाना पकाउने ग्यासको विक्री अत्यधिक हुँदा पनि घाटा चुलिएको निगमले जनाएको छ ।मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।

निगमले कार्तिक १५ गते राती बढाएको मुल्य १६ गते दिउसो घटाएको थियो । त्यसपछी मंसिर २२ गते मुल्य बढाएको थियो । फेरी कार्तिक ४ गते रातीबाट बढाएको छ ।