बांकेमा पनि ६६औं प्रहरी दिवस मनाइयो

६६ प्रहरी दिवसको अवसरमा बाँके प्रहरी द्वारा प्रकाशित लागुऔषध निस्तेज महाअभियान स्मारिका विमोचन विलक्स…

२० असोज,नेपालगञ्ज/ नेपाल प्रहरीले आफनो स्थापनाको ६६औ बार्षिक उत्सव मनाउने क्रममा बांके प्रहरीले पनि बुधबार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

अमर प्रहरी शहिद स्मारकमा माल्यार्पण गर्दै अतिथि तथा सर्वसाधारणहरु
प्रहरी स्थपना दिवसमा उपस्थित !

६६औं प्रहरी स्थापना दिवसको अवसरमा मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बांकेले अमर प्रहरीहरुका परिवारहरुलाई सम्मान, उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई सम्मान गर्नुका साथै बाँके प्रहरीले स्थपना दिवसको अवसरमा आयोजना गरिएको ब्याडमिन्टन, टेवलटेनिस तथा कुर्चि दौड प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुस्कृत गरेको छ ।

त्यसैगरि प्रहरी स्थापना दिवसको अवसर पारेर बांके प्रहरीले प्रकाशन गरेको “लागु औषध बिरुद्धको निस्तेज ” नामक स्मारिका पुस्तकको पनि बिमोचन गरिएको छ ।

बांके जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु बांकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका रांझा स्थित भैरव प्रशाद गणका गणपति जनमत क्राकी, शसस्त्र सिमा सुरक्षा बलका प्रमुख अशोक कुमार बमले सयुंक्तरुपमा उक्त पुस्तकको  बिमोचन गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा निर्माण गरिएको अमर प्रहरी स्मारकमा फोटो मेमोराइज्ड गर्दै कार्यक्रममा उपस्थित अमर शहिद परिवार समेत ।
लागु औषध निस्तेज महाअभियान पुस्तक प्रकाशनमा सहयोगी गर्नेहरुलाई प्रंशसा पत्र पर्दान गर्दै बाँकेका प्रजिअ शिवराम गेलाल ।

लागु औषध नियन्त्रणमा महत्वपूर्ण मार्गदर्शन बन्न सक्ने गरि प्रकाशन गरिएको “लागु औषध निस्तेज ” पुस्तक बिमोचन प्रकाशनकामा सहयोग गर्ने ,  सम्पादन तथा लेखन मण्डललाई बिशेष आभार तथा धन्यबाद ज्ञापन सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान बांकेका प्रमुख नरेन्द्रराज गिरी लगायत सुरक्षा निकायका बिभिन्न क्षेत्रका ब्यक्तीहरु, सामाजिक संघ/संस्थाका प्रतिनिधिहरु, धार्मिक ब्यक्तित्वहरु, पूर्व प्रहरी अधिकारी तथा सदस्यहरु, अमर प्रहरी परिवारका सदस्यहरु एवम पत्रकारहरुको उपस्थित रहेको थियो ।