हुन्डी काराबोरमा संलग्न ७ जनालाई ५१ लाख नगद, साढे तीन करोड चेक सहित पक्राउ

Photo: File

२२ जेठ, नेपालगञ्ज/ नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले हुन्डी काराबोरमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। राजधानीको न्यूरोडलगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोबार गर्ने ७ जनालाई महाशाखाले सोमबार पक्राउ गरेको हो।

महाशाखाले नेपाल ओभरसिज मार्केटिङका राहुल राय अग्रवाल, एलाइट बिजनेश प्रालिका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिव कुमार साङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया र रविन्द्र चोखानी, बिनिका सेल एण्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदिश सरियालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ५१ लाख ४ हजार ५ सय नगद र ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानब्बे रुपैयाँ बराबरको चेक बरामद गरेको छ। यस्तै मोबाइल ल्यापटपलगायतका सामाग्रीहरूसमेत बरामद गरेको छ।

उनीहरुमाथि कारबाहीका लागि प्रहरीले प्रारम्भीक अनुसन्धान थालिएको भन्दै राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको जनाएको छ।