करेन्ट लगाएर हत्या गरिएको आशंका गरिएका नेपालगञ्ज बसुदेवपुरका रामकिशोर तिवारीको करोडौं सम्पती कस्ले पाउला ? Update

नेपालगञ्ज-१९ बसुदेवपुरका स्वर्गिय रामकिशोर तिवारी र लक्ष्मी सिजगरीको बिवाह भएको फोटो ।

नेपालगञ्ज/ कस्तो जमाना आउन थाल्यो ? बाच्नु पर्दछ के के देख्न पाइन्छ भन्छन बूढापाकाहरु । अर्काको सम्पती खानका लागी दिउसै रात पार्ने र कालोलाई सेतो र सेतोलाई कालो बनाउन लागि परिरहेको यहि बांकेको नेपालगञ्ज–१९ बसुदेवपुरमा घटेको घटनामा देखिएको छ ।
बांके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १९ बसुदेवपुर निवासी ६७ बर्षिय रामकिशोर तिवारीको गत बर्षको भदौ ५ गते करेन्ट लगाएर हत्या आशंका गरिएको घटनामा सम्पतीको लागी केही ब्यक्तिहरु हत धोएर पछी लागेको देखिएको छ ।

रामकिशोर तिवारीको शंकास्दप मृत्युपछी निजले सामाजिक परम्परा र रितिरिवाज बमोजिम बिवाह गरेको श्रीमती लक्ष्मी सिजगरीलाई रामकिशोरको सम्पतीबाट बञ्चित गराएर मृर्तक रामकिशोरका भतिजा सत्यपाल तिवारीको नाममा नामसारी गराएर रामकिशोरको करोडों रुपैयाको सम्पती हजम गर्न एक गिरोह लागी परेको बिभिन्न डकुमेन्टहरुबाट देखिएको छ ।

सम्पतीका लागी करेन्ट लगाएर रामकिशोर तिवारीको हत्या आशंका गरिएको गिरोहले रामकिशोर तिवारीको नेपालगञ्ज–१८ कारकादो निवासी लक्ष्मी सिजगरीसंग बिवाह भएर नेपालगञ्ज–१९ बसुदेवपुर स्थित रामकिशोर तिवारीको घरमा संगै बस्दै आएको र निजको बिवाहको फोटो, भिडियो र गाउं सर्जमिनबाट समेत सत्य खुल्दाखुल्दै रामकिशोर तिवारीको श्रीमती लक्ष्मी सिजगरीलाई श्रीमान रामकिशोर तिवारीको सम्पती पाउनबाट बञ्चित गरी निजका भतिजा सत्य प्रकाश तिवारी मार्फत नामसारी गरी हजम गर्ने गिरोह लागी परेको देखिएको छ ।

हेर्नुहोस:
रामकिशार तिवारी र लक्ष्मी सिजगरीको नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा भएको बिवाहको भिडियो क्लिप्स तल दिइएको छ ।

मृर्तक रामकिशोर तिवारीको मृत्यु भएपछी नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १९ मा मृत्यू दर्ता गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १९ का वडा अध्यक्ष परसराम कुर्मिको हस्ताक्षर गरिएको वडा कार्यालयको पत्रमा एउटा गोटलमोटल गुपचुप गरिएको सर्जमिनको आधारमा अंशबण्डा भएर अलग भईसकेका मृर्तक रामकिशार तिवारीका भतिजा सत्य प्रकाश तिवारीको नाममा सम्पती नामसारी गरि बांडीचुडी खाने उदेश्यले सत्य प्रकाश तिवारीसंग नाता प्रमाणित गरि , सत्य प्रकाश तिवारी कै नाममा सम्पतीको नामसारी गरिदिन वडा कार्यालयको नामबाट सिफासिर समेत गरिएको पाइएको छ ।

हेर्नुहोस:
रामकिशोर तिवारीको मृत्यु दर्ता, सत्य प्रकाशसंगको नाता प्रमाणित र सम्पती हस्तान्तरण वडा कार्यालयले गरेको सिफारिस पत्रहरु…. ।

गलत सर्जमिन, सिफारिस देखि मृर्तक रामकिशोर तिवारीको २ वटा छोरी मध्य १ जनाको भारतमा दुर्घटनामा मृत्युभएको र अर्को कान्छी छोरीको साईगार्उ–जोगागाउं स्थित बिनोद शुक्लाको छोरासंग बिवाह भएकोमा निजको पनि झुण्डिएको अवस्थामा मृर्तक शव सोही जोगागाउं स्थित घरमा फेला परेको थियो ।

भएकोमा निज मृर्तक छोरीको समेत पहिल्य साईगाउं हाल जानकी–१ म बिवाह तथा मृत्यू पनि त्यही भएकाले मृत्यू दर्ता पनि त्यही हुनुपर्नेमा कानुन बिपरित वडानम्बर १९ का वडाअध्यक्ष समेतको टिमले मृत्यू दर्ता समेत वडानम्बर १९ बाट नै गरेको देखिएको छ ।

रामकिशोर तिवारीको करोडौंको सम्पती हडप्न सम्वन्धी वडा कार्यालयबाट कृते कागजात तयार गरि सत्य प्रकाशको नाममा सिफारिस गराएर जग्गा पास गर्ने क्रममा स्वर्गिय रामकिशोरको श्रीमती लक्षी सिजगरिले थाहपाएपछी मालपोत कार्यालय बांकेमा हक दाबी उजुरी गरेपछी उक्त जग्गा नामसारी हुनबाट रोकिएको पाइएको छ ।

मृर्तक रामकिशोरको श्रीमती लक्ष्मी सिजगरिले दिएको बिवाह दर्ता, नाता प्रमाणित जग्गा पास गर्न सिफारिस दिनुपर्नेमा नेपालगञ्ज वडानम्बर १९ को कार्यालयले सिफारिस लक्ष्मीलाई नदिएर रामकिशोरको भतिजो सत्य प्रकाश तिवारीको नाममा नामसारी गर्न सिफारिस दिएपछी लक्ष्मी सिजगरीले उक्त सम्पती आफनो श्रीमानको एकलौटी हकभोग आफनो रहेकोले आफनो नाममा गनुृपर्ने भन्दै गलत सिफरिस बिरुद्ध मालपोत कार्यालयमा दाबी निवेदन दिन आएपछी मालपोत कार्यालय बांकेले पनि ३५ दिने सूचनाको क्रममा हकदाबी कर्ता बिभिन्न सबुत प्रमाण जुटाएर आएपछी मालपोत कार्यालय बांकेले एउटा छुटटै टिम बनाएर त्यसको सत्य तथ्य जांच्ने क्रममा शंका लागी जग्गा नामसारीका लागी रोकेको पाइएको छ ।

हत्या आशंका गरिएका ब्यक्ति रामकिशोर तिवारीको नेपालगञ्जको सोल्टी होटेल वरपर लगायतका क्षेत्रमा करोडौं मुल्य बराबरको घडेरी योग्य ३२ वटा कित्ता ९१ कटठा जमिन रहेको मालपोत कार्यालय बांकेको रेकर्डमा छ ।

रामकिशोर तिवारीले मन्दिर बनाउने भनी जग्गा बेचेर बैकमा फिक्स डिपोजिट गरेको लाखौंं नगद रुपैया र निजले पहिलोसंग डिभोर्स गरि दोस्रो बिवाह गरेको श्रीमती लक्ष्मी सिजगरीका लागी किनिदिएको सुनका गहना समेत हडप्न रामकिशोर तिवारीको करेन्ट लगाएर हत्या गरिएको आशंका स्थानिय बासिन्दाले गरेका छन ।

रामकिशोर तिवारीको मृत्यु घटनामा नेपाल प्रहरीको घटनास्थल मुचुल्का प्रति समेत स्थानियले बिभिन्न प्रश्न उठाउदै आएकोमा रामकिशारको हत्याको समयमा घरमा कोही नभएको र श्रीमती लक्ष्मी माईत गएको समयमा करेन्टको शक दिएर हत्या गरिएको आशंका स्थानियले गरेका छन भने भेरी अस्पतालको पोष्टमार्डम रिपोटमा पनि एलेक्ट्रीक सक का कारण मुटुमा बिलिडिंग भएर मृत्यूभएको उल्लेख गरिएको पाइएको छ ।

हेर्नुहोस:

रामकिशार तिवारी र लक्ष्मी सिजगरीको नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा भएको बिवाहको भिडियो क्लिप्स…Clicks here Below 👇

 

पहिल्यको प्रकाशित सम्वन्धीत समाचार…

सम्पतीको लागी नेपालगञ्जको बसुदेवपुरमा करोडपती बृद्ध रामकिशोर तिवारीको हत्याको आशंका ! बांके प्रहरीमा जाहेरी नै छैन, सिआइबीद्वारा छानबीन आवश्यक Re-post