एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन

काठमाडौं २६ भदौ / नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण सोमवार राती निधन भएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिनुभएको छ ।

सोमवार राती राति १ बजे हृदयघात भएपछि उहॉलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।

चिकित्सकहरुले अस्पतालमा पु-याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको थियो।

पूर्व-सभामुख समेत रहनु भएका नेम्वाङ २०५६ साल यता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उप-नेता समेत हुनुहुन्थ्यो ।

इलामको सुन्तलाबारमा जन्मिनु भएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा २०२९ सालमा अनेरास्ववियुमा लागेर कम्युनिस्ट राजनीतिमा लाग्नु भएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ जेल समेत पर्नु भएको थियो ।

त्रिबि शिक्षण अस्पताल को ताजा तस्विर

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएका मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो ।

२०५६ को निर्वाचन जितेर उहॉ सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आउनुभएको थियो ।

उहाँ जनआन्दोलन ०६२/ ०६३ सँगै पुन:स्र्थापित संसदका सभामुख बन्नु भएको थियो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो ।