नेपालगञ्जबाट १३ लाखमा महिन्द्राको सुप्रो भ्यान बिक्री खुल्ला


८ माघ, नेपागञ्ज/ तपाईसंग १३ लाख रुपैया छ ? भने सोमबार सरस्वती पुजाको शुभ अवसर पारेर नेपालगञ्जमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको सुप्रो भ्यान सर्वसाधरणका लागी बिक्री खुल्ला गरिएको छ ।
नेपालगञ्जको पिपरी स्थित भुसाल इन्टरनेशनलले काठमाण्डौं स्थित दुगढ ब्रदर्श एण्ड सन्स प्रा.लि.को सहकार्यमा सुप्रो कार्गो भ्यान बिक्रीका लागी पत्रकारहरु बीच सार्वजनिक गरिएको छ ।

१ टन क्षमताको उक्त सुप्रो भ्यान १ लिटर डिजेलमा २० कि.मी.गुडने र नेपाली आवश्यक्ता र वातावरण अनुसार ग्राहकको चाहनालाई समेत मध्य नजर गरेर सुप्रो बजारमा उतारिएको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका नेपाल हेर्ने बजार प्रमुख दविन्दर मल्होत्राले जानकारी दिनुभएको छ ।
त्यसैगरी दुगढ ब्रदर्श एण्ड सन्स प्रा.लि.का ब्यवसायिक प्रमुख बद्री भटटराईले नेपाली माटो सुहाउदो र नेपाली उपभोक्ता बीच सर्वे गरेर सुप्रो भ्यान तयार पारिएको र यो कार्गोका लागी अति उत्तम हुने गरि बजारमा उतारिएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ ।

त्यसैगरी भुसाल इन्टरनेशनलका प्रवन्ध सञ्चालक पार्थ भुषालले कम्पनीले १३ लाख ५० हजार बजार मुल्य तोकेकोमा हाल रु ५० हजार, एक बर्षको बिमा, कर र नामसारीमा समेत सिमित अवधीका लागी छुट दिएकोले अवसरको फाईदा उठाउन प्रेस मार्फत सबै सम्भाबित ग्राहकलाई अनुरोध गर्नुभएको छ ।