अख्तियार प्रमुख प्रेम कुमार राई अनुगमनमा: नेपालगञ्ज पछी सुर्खेत तर्फ

प्रमुख आयुक्त माननिय प्रेम कुमार राई

८ मंसिर, नेपालगञ्ज / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माननिय प्रेम कुमार राई बुधबार नेपालगञ्ज स्थित अख्तियारको कार्यालयमा अनुगमन भ्रमण गर्नुभएको छ ।

प्रमुख आयुक्त राईले नेपालगञ्ज स्थित अख्तियारको कार्यालयमा भएगरेका काम कार्बाही र कार्यसम्पादनका बिषयमा जानकारी लिनुका साथै कार्यालयको निरिक्षण पनि गर्नुभएको छ ।

अख्तियार मातहतका कार्यालयहरुबाट हुने काम कार्बाहीहरुलाई चुस्तदुरुस्त राख्नुका साथै कर्मचारीहरुको उच्च मनोवलका साथ काम गर्न अभिप्रेरित गर्ने उदेश्यले अख्तियार प्रमुख राई पश्चिम नेपालमा आफनो मातहतमा रहेका कार्यालयहरुले आयोजना गरेका कार्यक्रमहरुमा भाग लिनुका साथै अध्ययन अनुगमन पनि गरिरहनु भएको छ ।

बुधबार नै प्रमुख आयुक्त राई सुर्खेत स्थित कर्णाली प्रदेशको अख्तियार कार्यालयले आयोजना गरेका कार्यक्रममा सरिक भएर शुक्रबार सुदुरपश्चिम अख्तियार कार्यालयको अध्ययन अनुगमन गर्ने कार्यक्रम रहेको अख्तियार स्रोतले जनाएको छ ।

राईले राष्ट सेवाका क्षेत्रमा आफुलाई स्वच्च छबीको रुपमा स्थापित गराएर कर्मचारी जगतमा आफुलाई अनुकरर्णिय पात्रको रुपमा आफुलाई स्थापित गदै आईरहनुभएको छ ।

सम्बन्धित शीर्षक