प्युठानमाआफ्नै बाबु मारेको अभियोगमा २० बर्षीय मोहनलाल पक्राउ

२१ पुस,प्युठान/ कुटपिट गरी आफ्नै बाबु मारेको अभियोगमा सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चालाई प्रहरीले पक्राउ गरेको छ ।  
मोहनलालले बिहीबार ५३ बर्षीय बाबु रैसी खाम्चा र ४६ बर्षीया आमा अम्बीदेवी खाम्चालाई कुटपिट गरी घाइते बनाएकोले उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा रैसीको मृत्यु भएको थियो । घाइते अम्बीदेवीको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियार सहित पक्राउ

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेव मार्गस्थित सुनकोशी गेष्टहाउसमा बसेका खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ का २६ वर्षीय सुबास कार्कीलाई कटुवा पेस्तोल १ थान, रिभल्वर १ थान, लामो हतियारको गोली ३ थान र पेस्तोलको गोली २ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।