घर भत्कियर तीन छोरी गुमाएका कमीलाललाई नेपालगञ्जका युवा संजयको सक्रियतामा अष्टेलियाबाट सहयोग

७असोज,नेपालगञ्जका / अबिरल बर्षा पछि आएको बाढीले घर भत्किदा च्यापिएर ३ छोरीहरु सहित घरबास गुमाएका बांके राप्ती सोनारी ४ लालपुरका कमिलाल थारुलाई अष्टेलियामा बस्दै आएका नेपालगञ्जका युवा संजय बिक्रम केसीले कारकादो निवासी पिता गोपाल के.सीं.मार्फत २६ हजार सहयोग गरेका छन ।

गत साउनको २८ गतेको बिनाशकारी बाढीका कारण उनका ३ छोरीको मुत्यू भएको थियो । श्रीमति र छोरीलाई घर मै छाडेर कामीलाल मजदुरी गर्न पोखरा पुगेका थिए ।

साउन २९ गते बिहानै कमीलालले छोरीहरुको मृत्युको दुखद खबर सुन्न पर्यो । खबर पाए लगत्तै उनी पोखराबाट घर फर्किनका लागि हिडे । पहिरो र बाढीले ठाउ ठाउमा सडक अबरुद्ध थियो । उनी कहिले घर आइ पुग्छन भन्ने टुंगो भएन । उनी घर नपुग्दै छिमेकीहरुले छोरीहरुको दाहसंस्कार गरि दिए । तीन दिन पछि घर आइपुग्दा उनको सर्बस्ब गुमी सकेको थियो । छोरीहरु र घर केहि थिएन । थियो त केबल भत्किएको घरको खन्डहरु जस्तो भग्नाबेश मात्रै ।

घटना भएको एक साता पछि उनको गाउमा पुग्दा कमीलालले बाढीले भत्काएको घरमा रहेका सामाग्रीहरु खोज तलास गरी रहेका थिए । सामाग्री खोजतलासकै क्रममा छोरीहरुको ड्रेस र टाइ भेटियो । छोरीहरुको टाई रड्रेस भेटिना साथ कमीलाल भाबुक बने । छोरीहरुको पीडाले उनलाई मर्महात बनायो । त्यस पछि उनी भग्नाबेश खोजतलास गर्न छाडेर त्यहा बाट निस्किए । भोक त्रास र पीडाका कारण कमीलाल बिरामी परे । गाउकै हेल्थपोष्टमा भर्ना भएर उपचार गराए । 

बाढीले कमीलालको मात्रै नभएर उनको गाउका एक सय भन्दा बढी घर पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए । छिमेकीका घरहरु ध्बस्त भए पनि उनीहरुले मानबिय क्षति भोग्नु परेन । नियतिले कमीलाललाई मात्रै मानबिय पीडा दिएको थियो ।

बाढी पछि कामीलाललाई सहयोग गर्न बिभिन्न संघ संस्था उनको गाउमा पुगे । प्रधानमन्त्री देउवा गाउ मै पुगेर राहात रकम दिएका थिए । राहात रकमले कमीलाललाई केहि सान्त्बना दिए पनि । कमीलाल भने भत्किएको घरमा पुरिएका देबता सहितका सामाग्रीहरु निकालेर छिटो भन्दा छिटो बस्ने टहरो बनाउन चाहान्थे ।  गाउमा प्राय सबैका घर भत्किएका कारण उनलाई सघाउने कोही भएनन । उनले एक्लै घरमा पुरिएका सामाग्री निकाल्न सक्ने अबस्था थिएन ।  उनको अबस्था थाहा पाए पनि नेपाली सेनाको ४ नम्बर बाहिनीे टोली पुगेर उनको घरमा पुरिएका सामाग्रीहरु निकाली दिए ।

त्यसै क्रममा पुरिएका देउवा पनि भेटियो । सेनाको टोलीले कामीलाल सहित घर क्षतिग्रस्त भएका ८० परिबारका लागि टेन्ट लगायतका राहात सामाग्री उपलब्ध गरायो ।

सेनाले टेन्ट लगायतका राहात सामाग्री उपलब्ध गराए पछि लालपुरका बाढी पिडितले राहत केहि हद सम्म भए पनि सहशुस गरे ।  थारु समुदायको धार्मिक मान्यता अनुसार परिबारका कुनै पनि सदस्यको मृत्यु भएमा काज क्रिया गर्नका लागि बस्ने घर र कुल देबता चाहिन्छ । बस्ने घर नभएका कारण छोरीहरु गुमाएको एक महिना पछि सानो कच्ची घर बनाएर छोरीहरुको काजक्रिया गरेका छन ।

बस्ने घर नहुदा रोकिएको कामीलालका छोरीहरुको काजक्रिया सुरु गराउनका लागि गाउका बडघर भग्गु थारुको नेतृत्बमा एक दर्जन छिमेकीहरुले कमीलालको घर बनाई दिएका हुन ।

कमीलालको सम्पत्ती भनेको २ कठ्ठा जग्गा मात्रै छ । मजदुरी गरेरै उनले परिबार पाल्दै आएका थिए । ३६ बर्षिय कामीलालकमा ४ छोरी मध्ये कान्छी छोरी २ महिना पहिले बिरामी परेर मृत्यु भएको थियो । कान्छी छोरीको मृत्युको पीडा नसकिदै नियतिले उनका तीनबटा छोरीहरु लगेको थियो । मृत्यु भएका छोरी मध्ये जेठी छोरी अन्जु कक्षा ६,माइली छोरी सरिता कक्षा ४ तथा साइली छोरी सुस्मिता कक्षा २ मा अध्ययनरत थिइन ।

 

सम्बन्धित शीर्षक