बुटवल स्थित कोरोना अस्पतालमा १ जना शंकास्पद सहित २ जनाको मृत्यु

२८ साउन, बुटवल /रुपन्देहीको बुटवल मा स्थपना गरिएको कोरोना विषेश अस्थायी अस्पतालमा मंगलबार राती २ जनाको मृत्यु भएको छ । उपचारका लागि साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्ण कुमार गुप्ता र साउन २७ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु जिल्ला कै कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको मृत्यु भएको छ ।

रोना विषेश अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कृष्ण कुमार गुप्तामा कोरोना संक्रमण पुष्टि भएको र कोरोनाकै कारण बिरामी भएर अस्पतालमा भर्ना हुनुभएको  र प्रदीप तेलीको स्वाब संकलन भएको र परीक्षण  रिपोर्ट आउन बांकी नै भएको जानकारी दिनुभएको छ ।

दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।  २५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आउनुभएको थियो उहांमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।