नेपालमा कोरोना कहर:  २४ घन्टामा थप ११ सय २० जना थपिए, २५१ जनाको मुत्यू ४१ हजार ६४९ जना संक्रमित

१७ भदौं, नेपालगञ्ज / नेपालमा पछील्लो २४ घन्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ सय २० जना महिला र ८ सय जना गरि ११ सय २० जनामा कोरोना संक्रमण भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

नेपालमा बुधबार सम्म ४१ हजार ६ सय ४९ जना संक्रमित भएको डाक्टर गौतमले उक्त सम्मेलनमा जानकारी गराउनु भएको छ । पछील्लो २४ घन्टामा नेपालमा ६ जना महिला र ६ जना पुरुष गरि १२ जनाको मुत्यू भएको छ । हाल सम्म नेपालमा २ सय ५१ जनाको मुत्यू भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिकार सम्मेलन मार्फत जानकरी दिएको छ ।