नेपालमा कोरोमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुग्यो

३१ भदौ, नेपालगञ्ज / नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण गरिएकोमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिए पछि हालसम्म नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

२४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किसकेका छन।