नेपालमा शनिबारसम्म कोरोना संक्रमणबाट ४ सय ६८ जनाको मृत्यु

१० असोज, नेपालगञ्ज / नेपालमा पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको आरटीपीसीआर बिधी बाट कोरोना संक्रमण परीक्षण गरिएकोमा थप १२ सय ७ जनामा कोरोना संक्रमित भएको पाइएको छ ।

संक्रमण देखिएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जना रहनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सहित ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ भने भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय र बर्दियाका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यो पछिल्लो रिपोर्ट सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६८ जना पुगेको छ ।