भेरी अस्पताल घुस काण्ड: नेपालगञ्जका ११ जना व्यापारी, ४ कर्मचारी सहित १५ जना‌ जाक्किए

२२ असोज, नेपालगञ्ज / भेरी अस्पताल नेपालगञ्जमा कार्यरत घुस खाने ४ जना कर्मचारी सहित घुस खुवाउने निजी फर्महरुुुुका ११ जना व्यापारी गरी १५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज असोज २२ गते बििहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।
भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले अस्पतालमा गत साउन ८ गते अस्पतालको स्टोर शाखाको कार्यालयमा छापा मारेको थियो ।

अस्पतालको स्टोर शाखा समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/-अख्तियारले स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह-लेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक बर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा रु.१९,१३,०७०।–(उन्नाईस लाख तेह्र हजार सत्तरी) बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिएको पाइएको प्रमाण सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्तहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ६ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो रु.१९,१३,०७०।- (उन्नाईस लाख तेह्र हजार सत्तरी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद रु.१६,१३,९७५।- (सोह्र लाख तेह्र हजार नौ सय पचहतर), बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका रू.१,६६,५००।- (एक लाख छैसठ्ठी हजार) मूल्यका मोवाईल थान तीनसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र अपुग बिगो रु.१,३२,५९५।–(एक लाख बत्तीस हजार पाँच सय पन्चानब्बे) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको जनाएको छ ।
साथै भेरी अस्पताल नेपालगन्ज, बाँकेका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीलाई निम्न संचालकहरुले घुस/रिसवत उपलब्ध गराएको देखिंदा देहायनुसारको कसूरमा सजाय हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।