बाँकेमा कोरोना कहर: थप २ जना सहित ३६ जनाको मृत्यु

२४ असोज,नेपालगञ्ज/ कोरोना भाईरस संक्रमणबाट बाँकेमा एकै दिन २ जना युवाले ज्यान गुमाएका छन।

त्यसरी ज्यान गुमाउनेहरुमा दाङ्ग जिल्लाको घोराही उप-महानगरपालिका वडा नम्बर ३ गोग्लीका १५ बर्षका बालक र बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं ९ का ३८ बर्षका युवकको मृत्यु भएको छ ।

बाँके स्थित को कोरोना संकट व्यवस्थापन समितिका फोकल पर्सन एवं स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश श्रेष्ठका अनुसार दाङ्गका १५ वर्षीय बालकको कोहलपुर स्थित मेडिकल कलेजमा आवश्यक उपचारको क्रममा सोमबार साँझ ८ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै जानकारी दिनुभएको छ ।

त्यसैगरी कोहलपुरको पिपरीका युवकको शुक्रबार राति ११ बजे नेपालगञ्ज स्थित भेरी अस्पतालको कोभिड-१९ वार्डमा उपचारको क्रममा मृत्यु भएको छ ।

यो घटनासँगै बाँकेमा कोरोना भाइरस संक्रमण भई मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अन्य जिल्लाका १२ जना गरी ३६ जनाको ज्यान गएको छ ।

बाँकेमा शनिबार बिहान सम्म ९० जना मध्यम र २२ जना उच्च जोखिमको अवस्थामा रही कोहलपुरस्थित मेडिकल कलेज र नेपालगञ्ज स्थित अस्पतालमा आवश्यक उपचार भइरहेको रहेको छ ।

शनिबार नै कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यलाभ गरेर १६ जना महिला र १५ जना पुरुष गरी ३१ जना डिस्चार्ज हुनुभएको छ ।

बाँके जिल्लामा शनिवार प्रगति विवरणअनुसार २८२७० जनाको swap संकलन गरिएकोमा २५७३४ जनाएको नेगेटिभ रिपोर्ट आएको २३२७ जनाको पोजेटिभ रिपोर्ट आएको र १८५ जनाको। रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना भाइरस संक्रमित भइ आईसोलेसन तथा अस्पतालमा उपचारमा रहनुभएका मध्य १७९३ जना निको भइसक्नुभएको छ । बाहिरी जिल्लाका २० जना समेत गरी ५०६ जनाले विभिन्न अस्पताल तथा विभिन्न ठाउँमा रहेका आईसोलेसन केन्द्रहरुमा स्वास्थ्य लाभ लिइरहनुभएको छ।