दाङमा सबै मतपरिणाम दुई दिन भित्र सार्वजनिक गर्ने तयारी

१९ मंसिर,दाङ/ संघिय र प्रदेश सभा सदस्य पदको यहि मंसिर २१ गते हुने निर्वाचनको  मतपरिणाम  २ दिन भित्र गणना गरि सक्ने गरी दाङमा तयारी थालिएको छ । 

मतदान स्थलमा कर्मचारी पठाएपछि मुख्य निर्वाचनको कार्यालयले मंगलबार देखि मतगणना  तयारी तीव्र पारेको छ ।

यस पटकका जिल्लाको सबै मतगणना घोराही उप-महानगरपालिका वडा नम्बर १५ भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा गरिनेछ ।

विद्यालयमा रहेका तीन अलग–अलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलग–अलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ ।

मतगणना स्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाई लगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाका ३ वटा र प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ ।

बिहीबार बेलुका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यसै दिनको रातिबाट मतगणना थाल्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।

मतगणना सुरु भएको ४८ घण्टा अर्थात दुई दिनभित्र सबै परिणाम सार्वजनिक गर्ने गरी आफूले तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । रावलले मतगणना छिटो गर्ने विषय सबै हाम्रो हातमा मात्रै त हुँदैन’, रावलले भन्नुभयो, ‘दलका प्रतिनिधिहरुले साथ दिनुभयो भने २ दिनभित्रै सबै मतगणना सक्ने हाम्रो तयारी छ ।’

सम्बन्धित शीर्षक