नेपालगञ्जमा सम्पन्न छैटौं म्याराथन प्रतियोगितामा पुरुषतर्फ गोपी र महिला तर्फ पुष्पा प्रथम

६ मंसिर, नेपालगञ्ज/ नेपालगञ्जमा सम्पन्न भएको छैटौं नेपालगञ्ज म्याराथन प्रतियोगितामा पुरुषतर्फ शसस्त्र प्रहरी बलका गोपी पार्की र महिला तर्फ पनि शसस्त्र प्रहरी बलकै पुष्पा भण्डारी प्रथम हुनुभएको छ ।

गोपीले २ घन्टा १५.५ मिनेट र पुष्पाले हाफ म्याराथन १ घन्टा २६.५४ मिनेटमा पुरा गर्नुभएको हो।

त्यसैगरी पुरुष म्याराथन तर्फ दोस्रो र तेस्रोमा नेपाली सेनाका कृष्ण वस्नेत र खगेन्द्र भाटले क्रमश: २ घन्टा २०.५ मिनेटमा र २ घन्टा २७.२८ मिनेटमा निर्धारित म्याराथन पुरा गर्नु भएको हो।

महिला तर्फ दोस्रो मञ्जु रावत १ घन्टा ३०.०६ मिनेटमा र तेस्रोमा प्रमिला घर्तिले १ घन्टा ३८.३४ मिनेटमा हाफ म्याराथनको लक्ष्म पुरा गर्नुभएको ह्रो ।

क्रियटिभ ह्यान्ड्स नामक गैर-सरकारी संस्थाले बर्षेनी आयोजना गदै आएको नेपालगञ्ज म्याराथन प्रतियोगितामा शनिवार नेपालगञ्जमा सम्पन्न भएको हो ।

यस पटक को नेपालगञ्ज म्याराथनको उपाधि जित्ने खेलाडीले ओलम्पिकमा खेल्न पाउने अवसर बताइए पनि त्यसको कुनै निर्णय नभएको एथलेटिकस संघले जनाएको छ ।

यसपटकको म्याराथनका प्रथम विजेताले ७५ हजार दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्रोले १५ हजार तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।