विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ मिटर

२४ मंसिर, नेपालगञ्ज/ नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई करिब .८६ मिटर बढेको पाइएको छ ।
नेपाल सरकारले आफ्नै स्रोत र साधनले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नापेको हो

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिले ८८४८ मिटर रहेकोमा मंगलबार नेपाल सरकारले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालको सर्वोच्च शिखर सगरमाथा ८८४८.८६ मिटर अग्लो रहेको घोषणा गरेको छ।