मन्त्री केसीको उपस्थितमा बाँकेमा सुरक्षा प्रमुखहरुको गोष्ठी सम्पन्न


२६ मंसिर, नेपालगय/ लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रशाद केसीले जिल्लामा समग्र शान्ती सुरक्षा लगायत विकास निर्माण र सामाजिक क्षेत्रमा वाँकेका सुरक्षा प्रमुख हरुले समन्वयात्मरुपा राम्रो काम गरेको बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको सभा हलमा शुक्रबार भएको सुरक्षा गोष्ठीमा मन्त्री केसीले वाँके सुरक्षा टिमले हालसम्म गरेका काम सन्तोस जनक भएको र आगामी दिनमा सार्वजनकि काम अझ प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

उक्त गोष्ठीमा बाँकेका प्रमुख जिल्ला आधिकारी राम बहादुर कुरुम्वांग नेपाली सेना का राझा स्थित इमाम नगर ब्यारेकका प्रमुख कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमुख एसपी ओम रानामगर, बाँके शसस्त्र प्रहरी प्रमुख एसपी अशोक बम, बाँके अनुसन्धान प्रमुख एसपी नगेन्द्र गिरी लगायतका व्यक्ति हरुले आ-आफनो सुरक्षा रिपोट पेश गर्नुभएको थियो।