यौन उत्तेजक औषधी भियग्रा शसस्त्र प्रहरी दवारा नेपालगञ्ज भन्सार गेटमा पक्राउ

३ पुस, नेपालगञ्ज/  आफुलाई उच्च तथा मध्यम बर्गमा राख्न चाहने नेपालीहरुले प्रयोग गर्ने गरेको अति यौन उत्तेजक औषधी आइतबार सांझ नेपालगञ्ज भन्सार गेटमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

आइतबार भारतको रुपैडिहाबाट नेपालको जमुनहा नाका हुदै नेपालगञ्ज भन्सार गेटबाट नेपालगञ्ज तर्फ आइरहेको रिक्सामा चेक जांचको क्रममा भारतका बिभिन्न औषधी कम्पनीमा उत्पादन गरिएका बिभिन्न २४ किसिमका अति यौन उत्तेजक औषधीहरु प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज भन्सार कार्यालयमा राजश्व गस्तिको रुपमा खटिएको शसस्त्रको टोलीले रिक्सामा ल्याइरहेको समान चेक–जांजको क्रममा उक्त अति यौन उत्तेजक औषधीहरु पक्राउ गरेको हो ।

नेपालमा प्रतिबन्ध गरिएका ति भियग्रा नामले जानीने अति यौन उत्तेजक औषधीहरु नेपालमा सुगर रोगका कारण यौन उत्तेजना नहुने, शारिरीक रुपमा बुढेसकाल लागे पनि मनमा यौन उत्तेजना भइराख्ने ब्यक्ती देखी, अन्य शारीरिक हार्मोनको लगायतका बिभिन्न कारणले यौन उत्तेजनामा कमि हुने गरेका ब्यक्तीले उक्त औषधी महगो रुपैया खरिद गरी प्रयोग गर्ने गरेको पाइएको छ ।

नेपालमा प्रतिबन्धीत औषधी पक्राउ सम्वन्धी सोमबार शसस्त्र प्रहरीको भन्सार टोलीलले पत्रकारलाइे बोलाएर सार्वजनिक गरेको छ भने उक्त घटनाको आवश्यक थप अनुसन्धान गरी आवश्यक काबाृहीका लागी सम्वन्धीत निकायलाई बुझाइने शसस्त्र प्रहरीको नेपालगञ्ज भन्सारमा राजश्व गस्तिको रुपमा कार्यरत प्रहरीले जनाएको छ ।