नेपालगञ्जको पुष्पलाल चौकमा बम राखेर आंतक सृर्जना गर्ने “हामी नेपाली हाम्रो नेपाल” नामक संगठनका अध्यक्ष प्रदीप वली “दयालु” पक्राउ

 

कार्तिक ३०,नेपालगञ्ज/ पहिल्य जस्तो रहेन अब जमाना । सुटुक्क अपराध गर्ने अनी भाग्ने । सञ्चार क्षेत्र र प्रविधीले मारेको फडकोले जुन सुकै अपराध होस वा कुकर्म त्यसको पर्दाफास भएर छोडछ त्यो ढिलो चांडोको मात्र कुरा हो ।

यस्तै बिहिबार नेपालगञ्जको पुष्पलाल चौकमा सुटुक्क आइडी पाइप सकेट  बम राखेर लुकेका ब्यक्तीलाई प्रहरीले त्यही सञ्चार प्रबिधिकै माध्यमको सहयोगले पहिचान गरि पक्राउ गर्न सफल भएको छ ।

आइडी पाइप सकेट  बम राख्ने व्यक्तिले पुष्पलाल चोकमा राखिएको सीसीटीभीको फुटेजमा ९ बजेर १५ मिनेटमा प्लाष्टिकको झोला राखेको रेकर्ड देखिएको छ ।

बिहिबार विहान १० बजेर २३ मिनेट जाँदा होटल एभरेष्टका मालिकलाई फोन मार्फत जानकारी गराएका थिए ।  सो बम करिव ७ घण्टा पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

प्रहरीका अनुसार बम राख्ने जिल्ला जाजरकोट नलगाड न.पा.४ उमेर : २७ वर्ष प्रदीप वली ‘दयालु’लाई बिहीबार नै पुष्पलाल चोक नजिकबाट पक्राउ गरिएको छ ।

वली “हामी नेपाली हाम्रो नेपाल” नामको संगठनका अध्यक्ष भएको र सो संगठन २०५५ सालमा १५ जना व्यक्ति मिलेर स्थापना गरेको जानकारीमा आएको छ।

बम राखिएको पुष्पलाल चोक नजिकै प्रहरीले ‘हामी नेपाली हाम्रो नेपाल’ संगठनको पर्चा फेला पारेको थियो उक्त पर्चा हामी नेपाली हाम्रो नेपाल संगठन अन्तरगतको कमान्डो ग्रुपको हवाला दिँदै पुष्पलाल चोकमा बम राखिएको दाबी गरिएको पर्चा धम्बोजी चौक सम्म छरिएको थियो ।

पक्राउ ब्यक्तिलाई बिस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत परिच्छेद ७ को दफा १४१ को उप-दफा १ बमोजिम कारवाही अघि बढाईएको र हुन सक्ने सजाय:- १० बर्ष सम्म कैद र एक लाख सम्म जरीवाना रहेको छ।

‘दर्शक भएरै बम डिस्फोजल गरेको हेर्दै गरेको अवस्थामा प्रहरीले वलीलाई नियन्त्रणमा लिएको हो।

उक्त ब्यक्तीलाई सिसि क्यामेराको आधारमा पहिचान गरि नियन्त्रणमा लिइएको प्रहरी  भनाई रहेको छ ।

नेपालगञ्जमा केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय बांके र  बाणिज्य संघको पहलमा नेपालगञ्जका बिभिन्न चौक तथा गल्लीहरुमा अत्याधुनीक सिसि क्यामेरा जडान गरिएको थियो ।

सोही क्यामेरामा कैद भएको तस्बीरबाट नेपाल प्रहरी उक्त ब्यक्ती समक्ष पुगन सफल भएको प्रहरीले स्रोतले बताएको छ ।
नेपालमा पछील्लो पटक बिशेष गरि २ थरीका समूह यस्तो आंकतीक कार्यमा लागेको पाइएको छ ।

एउटा केही निश्चित राजनीतीक अडानका नाम राज्यलाई दवाबमा पार्ने भनी बल पूर्वक आंतक सृजना गरी चन्दा असुली, ब्यक्तीगत बदला लिने र अर्को नितान्त कमाईखाने माध्यमको रुपमा आंतक सृर्जन गरि जबरजस्ती चन्दा उठाउनैका लागी सार्वजनीक स्थलमा बम राख्ने, धम्क्याउने गरेको प्रहरी सुचनामा रेकर्ड रहेको पाईन्छ ।

केही महिना अघि पनी चन्दा माग्ने एक सक्रिय गु्रपलाई बांके प्रहरीले एउटा मोबाईल बाट गरिएको कललाई आधार बनाएर गरिएको अनुसन्धानबाट सम्वन्धीत चन्दा आंतक सृर्जना गरि शान्ती सुरक्षा तथा अमन चयनमा बाधा पु–याएको ब्यक्तीहरुलाई पक्राउ गरि नेपालगञ्ज कारागारको हावा खुवाइएको प्रहरीले जानकारी यस अघि नै पत्रकार सम्मेनल मार्फत सार्वजनीक गरिसकेको छ ।