२० बर्ष नपुगी बिवाह गरे सामाजिक तथा कानुनी अपराधकका बिषयमा नेपालगञ्जमा अन्तरक्रिया

१० पुस, नेपालगञ्ज/ तपाई कतै बिहेको भोजमा सरिक हुन जादै हुनुहुन्छ ? जादै हुनुहुन्छु अब एक पटक त्यो बिहे भोज खानु भन्दा पहिल्य बिहे हुदै गरेका बेहुला बेहुलीको उमेर थाह पाउनु पर्ने जरुरी छ नत्र बिहेको भोज सगै हिरासतको हावा खानुपर्ने नेपालको कानुनमा ब्यवस्था रहेको छ ।

नेपालको बिहेवारी कानुनी महल अन्तरगत बिहे हुने बेहुला बेहुलीको उमेर अनिबार्य २० बर्ष पुगेको हुनुपर्ने ब्यवस्था रहेको छ । उमेर नपुगेका केटा केटीको बिहे वारी भएमा त्यो बिहे गर्ने गराउने र बिहेमा सरिक हुनेलाई नेपालको कानुन अनुसार कानुनी कार्बाहीको भागीदारी बन्नुपर्ने ब्यवस्था गरेको छ ।

उमेर नपुगेका केटाकेटीको भागी वा मागी बिहे गर्ने कार्यलाई न्यूनीकरण, रोकथाम तथा मुक्त घोषणा गर्न नेपागञ्ज उप–महानगरपालीकामा सरोकार निकायहरुसंग अन्तरक्रियात्मक बैठक सम्पन्न गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको अध्यक्षतामा बसेको अन्र्तक्रियात्मक बैठकमा उप–महानगरका वडा अध्यक्षहरु, महिला तथा बालबालिका कार्यालयका शोभा शाह, उक्त क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था प्लान नेपालबाट आशा बुढा मगर, स्याक नेपालका टिम लिडर नेत्रकला शाही तथा प्लान नेपाल र स्याक नेपाको साझेदारीमा सञ्चालित बालबिवाह रोकथाम परियोजनाका प्रमुख जगदिश थापा, बरिष्ठ लेखा अधिकृत दिनेशराज ज्ञवाली लगायतका ब्यक्तीहरु समेतको उक्त बैठकमा सहभागीता रहेको थियो ।

बैठकमा बांके जिल्लामा बाल बिवाहको बर्तमानको अवस्था, न्यनीकरण कार्यमा आईपरेका समस्या र भबिष्यमा चाल्नुपर्ने कार्यनितिका बिषयमा प्रत्यक्ष सरोकारवाला निकाय बीच छलफल गरी अगाढी बढने निर्णय गरेको छ ।

बैठकले नेपालको कानुनी ब्यवस्था अनुसार बाल बिवाह शुन्य पार्नुपर्ने ब्यवस्था अनुसार वडा कार्यालयमा त्यस्ता बिवाह कही कतै दर्ता नहुने र उक्त बिवाह पछी जन्मने बच्चाहरुको समेत जन्म दर्ता देखी बिद्यालयमा भर्ना हुन समेत कठिनाई भइरहेको बिषयमा वडाअध्यक्षहरुले आ–आफनो क्षेत्रको कानुनी ब्यवस्था र ब्यवहारीक समस्याका बिषयमा बैठकमा उठाउनु भएको थियो ।

बांकेमा ८ वटा पालिका मध्य लकडाउनको समयमा राप्ती सोनारी गाउंपालिकामा सबै भन्दा बढी भागेर बाल बिवाह भएको तथ्यांक पनि उक्त बैठकमा प्रस्ततु गरिएको थियो । बांकेको नेपालगञ्ज – उप–महानगरपालीकाको २ वटा वडा, वडानम्बर १ र वडानम्बर १० मा केही बर्ष यता २० बर्ष उमेर भन्दा कममा बिवाह नभएकोले बाल बिवाह मुक्त वडा घोषण गर्न मात्र बांकी रहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपालगञ्ज उप–महनागरपालिकाको तर्फबाट उप प्रमुख उमा थापा मगरले नेपालगञ्जका सबै वडाहरुमा बालबिवाह मुक्त क्षेत्र घोषण गर्नका लागि सरकारी तथा गैरसरकारी सरोकारवालाहरु बीच मिलेर काम भइरहेकोले नेपालगञ्जमा छिटटै नेपालगञ्ज बाल बिवाह मुक्त घोषण गर्न नगरका सबै वडाहरुमा काम भइरहेको र यस बिषयमा नगरपालिका सम्बेदशिल रहेको बैठकमा राख्नु भएको थियो भने परियोजना प्रमुख जगदिश थापाले बालबिवाहको अवस्थाका बिषयमा जानकारी मुलक आफनो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।