अख्तियारमा राई आएपछी पहिलो पटक बैंकिङ कसुरमा ११ वटा मुद्दा दायर

२६ फागुन, नेपालगञ्ज / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेम राई प्रमुख आयुक्त भएर आएपछी पहिलो पटक बैंक तथा वित्तीय संस्थामा अनियमितता गरी राज्यकोषको रकम दुरुपयोग गरेको अभियोगमा ११ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कुल ४० करोड २७ लाख रुपैयाँ बिगो माग दाबी सहित रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडबाट भएको कर्जा प्रवाह अनियमिततामा मुद्दा दायर गरेको हो ।

अख्तियारले फाइनान्सका सञ्चालक छविरमण अधिकारी, सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोज भेटवाल अनि ऋणी भैरवप्रसाद भेटवाल र रविन लामालगायतलाई मुद्दा दायर गरेको हो ।

नागरिक लगानी कोषको लगानी समेत रहेको रोयल मर्चेन्टमा कमसल धितोबाट ऋण प्रवाह भएको, कतिपयमा धितो नराखिएको लगायतका आरोप रहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ  ।

अख्तियारको मुद्दा दायर बृस्तित बिवरण…..

प्रेस विज्ञप्ति:- मिति २०७७।११।२५ गते ।
————————————–
साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसहित बिभिन्न व्यक्तिहरु उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको विषयमा बिभिन्न ११ वटा आरोप पत्र दायर गरिएको तथा आरोपितमध्ये साविक रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि. का संचालक मनोज कुमार भेटवाल, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिई आज विशेष अदालत काठमाडौमा पेश गरिएको छ ।

निम्न मुद्दाहरु:-
१. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,०१,९४,५५६।३९ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1930
२. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो रु. ३,८७,९४,७२४।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1931
३. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १३ जना उपर बिगो रु. २,१५,२५,५६४।३४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1932
४. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो रु. ४,६३,६८,२५४।७४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1933
५. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो रु. ४,३५,९८,५६६।५८ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1934
६. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,९७,९१,८९७।४७ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1935
७. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १७ जना उपर बिगो रु. १,७५,६७,८९४।४२ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1936
८. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १५ जना उपर बिगो रु. ११,११,५८,७७१।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1937
९. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १४ जना उपर बिगो रु. १,४५,०१,०८३।०६ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1938
१०. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो रु. ५,८७,३२,९१२।२६ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1939
११. साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. ११,५४,७०८।५९ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
http://ciaa.gov.np/pressrelease/1940

प्रवक्ता
नारायण प्रसाद रिसाल