भु–माफियाको चलखेलः कोहलपुर चौराहको करोडौं मुल्यको २२ बिघा जग्गा ब्यक्तीको नाममा लैजाने अन्तीम तयारी

कोहलपुर चौराह यहि चौक सँग जोडिएको २२ विघा सरकारी जग्गा ब्यक्तिको नाममा लिने तयारी गरिएको छ ।

 कोहलपुर/ बांके जिल्लामा भु–माफियाहरु कती सल्बलाएका रहिछन भन्ने एक पछी अर्को करोडौंको जग्गा घोटाला सहितको चलखेलको पर्दाफास भएको छ ।

त्यो करोडौं मुल्य बराबरको जग्गा दलाल तथा कमिशन खोरहरु मिलेर घोटाला गर्नै लाग्दा केही सच्चा निष्ठावान राष्ट्र सेवक कर्मचारीका कारण घोटाला काण्डले अन्तीम रुप लिन बांकी नै रहेको घटना पत्ता लागेको छ ।

करोडौं मुल्य बराबरको कोहलपुर चौराहसंगै जोडिएको २२ बिघा जग्गा  “बालुवाटार जग्गा काण्ड” जसरी नै प्रक्रिया मिलाएर भ्रष्टाचार गर्ने कार्य जारी रहेको छ । यस अघि खजुरामा जग्गा घोटाला पर्दाफास भएको थियो  ।

कोहलपुर चौराहको जग्गा हाल प्रती कटठा करीब १ करोड सम्म नगर बिकास समिति कोहलपुरले यस अघि नै बढाबढमा बिक्री गरिसकेको छ ।

यसरी उक्त करोडौं मुल्यको जग्गा काण्डको बिवरण अध्ययन अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ११ कोहलपुरको मुख्य चौराह देखी दक्षिण पूर्वमा रहेको नापी नक्साको ठेगाना अनुसार साबिक चटार गाउं पञ्चायत हाल कोहलपुर नगरपालिका वडानम्बर ३ “ख” साबिक कित्ता नम्बर १ हालको कित्ता नम्बर २८० को ३६ बिघा १९ कटठा साढे १० धुर सरकारी जग्गा मध्य २२ बिघा जग्गा आपसी मिलेमतोमा प्रक्रिया मिलाएर कोहलपुर नगरपालिका वडानम्बर १० पिपल चौतारा बस्ने गया प्रशाद थारुको बाबु/बाजेको पाला देखी भोगचलन गदै आएको र तिरो समेत तिरेको जस्ता आपसी मिलेमतोमा सम्पूर्ण कागजात तयार पारी उक्त जग्गा प्राप्तीको निम्ती जग्गाका दलालहरुको आपसी मिलेमतोमा कानुनी प्रक्रियामा अगाढी बढेको अवस्थामा घटना सार्वजनिक गरिएको छ ।

उक्त जग्गा कोहलपुर चौराह देखी दक्षिण पूर्वमा रहेको र हाल पनि उक्त ठाउंम कुनै कसैको भोग चलन नभई सरकारी जंगल तथा बुटयान रहेको र केही समय अगाढी केही घर सुकुम्बासीहरु बसी जंगल तथा बुटयान फांडेको तर उक्त जग्गा सरकारी रहेको स्थानिय बासिन्दाहरुले जानकारी दिनुभएको छ ।

हाल कोहलपुर नगर बिकास समितिको नाममा रहेको उक्त जग्गा ब्यक्ती नाममा लगेर आपसमा मिलेर बांटी खानेहरुको बिवरण पनि लामै बनेको छ ।

जग्गा थारुको नाममा भोग चलन गरेको आवश्यक कागजात तयार पारी तिरो समेत बिभिन्न मितिका तिरेको बिवरण तयार पारी जग्गा प्राप्तीको निम्ती पछी सम्म अप्ठयारो नपरोस भनेर अदालतलाई समेत साछी राखेर उक्त जग्गा प्राप्तीको निम्ती जग्गा दलालहरुको टिमले जिल्ला अदालतमा प्रक्रिया अगाढी बढाएको स्थानिय बासिन्दाले जानकारी दिनुभएको छ ।

उक्त जग्गा प्राप्तीका लागि कोहलपुर नगरपालिकाका जिम्मेवार पदाधिकारीहरु समेत मिलिभगत रहेको र जसमा राजनितिक पार्टीका अध्यक्ष समेतको हवीप जारी गरि मरिमेटी लागेको र बिभिन्न ठाउंमा नदेखेको जस्तो गरि दिन २ करोड सम्म अफर गरेको घटना अध्ययनको क्रममा जानकारी प्राप्त भएको छ ।

उक्त जग्गामा हकदाबी गराउन हाल सक्रिय ब्यक्तीहरुमा कोहलपुर नगरपालिका वडानम्बर १० बस्ने गोबिन्द के.सी., मान बहादुर बिष्ट, गोपाल  र नेपालगञ्ज स्थित  केही कानुनका ब्याख्यता समेत रहेको जानकारी सरोकारवाला निकायले घटना अध्ययनको क्रममा जानकारी प्राप्त भएको जनाएको छ ।

नगर बिकास समितिको उक्त जग्गा ब्यक्तीको नाममा हकदाबी गर्न लगाएर प्रक्रिया मिलाएर पाप्त गरेपछी आपसमा बांडी चुंडी खानेहरुको बिवरण भने लामै रहेको छ ।

जग्गा प्राप्तीका लागि कोहलपुर नगरपालिकाका प्रमुख तथा हाल नगर बिकास समितिका अध्यक्ष समेत रहनु भएका लुट बहादुर रावतलाई मनाउन बिभिन्न  ब्यक्ती तथा  पाटीमा रहेका जिम्मेवार ब्यक्ती  लगायत स्वकिय सचिव कुल प्रशाद भटराई, प्रेस सल्लाहकार भिम रावत लगायतको नाम अग्रनीमा रहेको भए पनि नगरपालिकाका कार्यकारी अधिकृत छबीलाल नेपालीले भने उक्त काण्डमा आफनो संलग्नता नरहने बताएपछी उक्त काण्डमा केही समस्या परेको छ ।

पछील्लो पटक रातारात पैसा कमाउन सकिने माध्यमको रुपमा नेपालमा जग्गा माफियाहरुको साथ र सहयोगले राजनितिकर्मि र कर्मचारी लागिरहेको एक पछी अर्को घटना सार्वजनिक भईरहेको समयमा कोहलपुरका सरोकारवाला जनता नजागे सम्म उक्त जग्गा ब्यक्तीको नाममा जाने अन्तीम अवस्थामा रहेको छ ।

जग्गा दलाल तथा माफियाहरुको मिलि भगतमा ब्यक्तीको नाममा अदालतबाटै लिने भनी लागि रहेकाले त्यसको कोहलपुरको बासिन्दाले बिरोध नगरे सम्म जग्गा ब्यक्तीको नाममा जाने अन्तीम अवस्थामा रहेको छ ।

उक्त जग्गा प्राप्ती घटना सिधै अदालत मार्फत गएकाले केही ढिलाई भएकाले घटना सार्वजनिक हुन पाएको हो ।