अपराध विरुद्ध बाँके प्रहरीको अप्रेशन: पाटे चितुवाको छाला, १० लाख भारतिय रुपैया र ९ जना जुवाडे पक्राउ

बाँके प्रहरी द्वारा आयोजना गरिएको पत्रकार सम्मेलन।

१० फागुन नेपालगञ्ज/ बाँके प्रहरीले विश्वमा संरक्षणमा सुचिकृत सानो पाटे  चितुवा छाला २ थान र भारतिय १० लाख रुपैया सहित ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बॉकेका प्रहरी प्रमुख उपरिक्षक ओम राना मगरका अनुसार फागुन ९ गने आईतवार राती करीब ८ बजे बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर१ कुसुम स्थित पूर्व-पश्चिम राजमार्गमा हिडिरहेका व्यक्तिहरुको विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा २ जनालाई पक्राउ गरी छानवीन गरिरहेको छ ।
बाघको छाला सहित पक्राउ पर्नेहरुमा सल्यान जिल्लाको बाघचौर नगरपालिका वडा नम्बर ३ का जित बहादुर डि.सी., सल्यान कुमाख गाउँपालिका वडा नम्बर ७ वस्ने कमल डि.सी. र हिमेन्द्र वली लाई पक्राउ परेका छन्।
पक्राउ पर्ने मध्य जित बहादुर डिसीले बोकेको कालो रंगको HP लेखेको झोला भित्रबाट २ थान छाला फेला पारी उपरोक्त ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही पक्रिया अगाढी बढाएको छ ।

त्यसैगरी आइतवार नै दिउसो साढे ३ वजे नेपालगञ्ज भन्सार कार्यालयमा सई भिम बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरीले चेक जाँचको क्रममा भन्सार चेक पोइन्टमा भारत उत्तर पूर्वी दिल्ली को जफफाराबाद बस्ने बर्ष ५४ को मुनवर खान ले बोकी ल्याएको २ वटा झोला भित्र प्रहरी चेक जाँचको क्रममा भारू २ हजार र ५ सयका नोट गरी १० लाख भारतिय रूपैमा सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसैगरी गएराती नै विहान साढे १ बजे नेपालगञ्ज-२ बौद टोल बाट भुट्ट मिया को घरमा जुवा तास खेलिरहेका १ लाख ५० हजार १ सय ६५ रुपैया सहित ९ जना पक्राउ परेका छन ।