सरकार ! नेपालगञ्जको स्वास्थ्य संकटमा हेलच्यक्राइ नगर

नेपालगञ्ज र कोहलपुरका अस्पतालमा सरदर दैनिक ८ जना मानिसहरुको मृत्यु भईरहेको छ भने ४ सय जना संक्रमित थपिदै गइरहेका छन । बिरामीहरु थपिदै गएको अनुपातको आधारमा संक्रमितको आधा सख्या सरदर २ सय जना मात्र कोभिड संक्रमणको संकटकालबाट निर्धारित समय पार गरेर सुरक्षित हुनेगरेको कोरोना संकट ब्यवस्थापन समितिले ब्यवस्थापन गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांकले बांकेमा दैनिक निको हुने भन्दा बिरामी हुनेको सख्या बढि रहेको देखाएको छ । बिरामीलाई उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य बेडहरु स्थानिय सरकारहरु नगरपालिका र गाउंपालिकाहरुले थप ब्यवस्थापनमा जुटिरहेका छन ।

उपचारका लागि आवश्यक पर्ने दक्ष स्वास्थ्य जनशक्ती उपलब्ध गराउने तर्फ नेपाल सरकारको जिम्मेवार निकायहरुले हेलच्यक्राई गदै आएकोले बांकेमा हाल बिरामीहरुको मृत्युको संख्या दर रोक्न नसकिएको अवस्था रहेको छ ।

नेपालगञ्जमा साच्चीकै भन्नुपर्दा स्वास्थ्य संकटको अवस्था छ । कोरोना संक्रमितका बिरामीहरु अस्पतालमा उचित उपचारको पर्खाईमा पालो कुरेर बसेको अवस्था रहेको छ । कुन बेला सिकिस्त बिरामी स्वर्गबास होला र त्यो बेडमा मेरो उपचार होला भनेर कुर्नुपर्ने अवस्था रहेको छ ।

भेरी अस्पतालमा कार्यरत नर्सहरू

नेपालगञ्जका अधिकांस घरहरुमा लक्षण सहितका बिरामीहरु घरमा नै आइसोलेट गरेर स्वास्थ्य लाभ गरिरहेका छन । गम्भीर भएर उपचारका लागि अस्पताल जानेहरु मध्य अधिकांसको उचित उपचारको अभावमा बिरामीको मृत्यु भएको अवस्था छ ।

कोरोना संक्रमण भए भेरअिस्पतालका उपचाररत सिनिएर एडभोकेट शुशिल कुमार लाखे ।

नेपालगञ्जमा रहेको स्वास्थ्य संकटको लागि हार गुहार गरेर नेपालगञ्ज आएका स्वास्थ्य मन्त्रालयका बिशेषज्ञ डा. महेन्द्र श्रेष्ठ फर्किएको पनि १ हप्ता भईसक्यो । नेपालगञ्जलाई अति आवश्यक परेको स्वास्थ्य कर्मिहरुको टिम पठाउन स्वास्थ्य मन्त्रालयले गम्भीर चासो नदेखाएको घटनाक्रमहरुले देखाएको छ ।

आधिकारीक रुपमा नै नेपालगञ्जले जिल्ला कोरोना संकट ब्यवस्थापन समितिमा निर्णय गरेर ततकाल सहयोग गर्न केन्द्र सरकार र सरकारका प्रतिनिधीसंग माग गरेको दक्ष जनशक्ती उपलब्ध गराउन सरकारका सम्वन्धी निकायले बेवास्ता गरेकाले हाल सम्म नेपालगञ्जले आवश्यक दक्ष स्वास्थ्यकर्मिहरु पाउन सकेको छैन । दक्ष स्वास्थ्यकर्मिको अभावमा उचित उपचारमा समस्या भइपछी नेपालगञ्ज बासीहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ । यसको जिम्मेवारी सरकारका पदमा आसिन ब्यक्तीले लिनुपर्दछ ।

यस्तो संकटको समयमा नेपाली जनताले स्वास्थ्य सेवा पाउनु पर्ने अधिकारबाट बञ्चीत गरिएको अभियोगमा जिम्मेवार ब्यक्तीहरु माथी राष्ट्रिय तथा अन्तराष्ट्रिय न्यालयमा कानुनी उपचार समेत खोज्न नेपालगञ्ज पछी पर्नहुदैन ।

आवश्य सहयोग चाहिएको समय र ठाउंमा स्वास्थ्यकर्मी परिचालित गरेर जनताको ज्यु धनको रक्षा गर्नुपर्ने सरकार र त्यस अन्र्तगतका सम्वन्धीत निकायमा बसेका ब्यक्तीको हुन्छ ।

नेपालगञ्जले कारण सहित जनताको स्वास्थ्य उपचारमा गम्भीर संकट आइलागेको र त्यसका लागि दक्ष जनशक्ती तुरुन्त उपलब्ध गराउन माग गरेको २ हप्ता बितिसक्दा पनि कुनै सुनवाई नगर्ने सरकारका ब्यक्ती तथा निकायलाई कानुनी दायरामा ल्याएर पालन गराउन कानुन ब्यवसायीहरु प्नि पछी पर्न हुदैन ।

नेपालगञ्ज स्थित मेडिकल कलेजको कोरोना वार्डमा आफै बिरामी भएर उपचार गर्दै अरु बिरामीहरुको उपचारका सक्रिय डाक्टर पूरुषोत्तम बर्मा ।

नेपालगञ्जको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ भने यो तलको तस्बीरले पनि आफै ब्याख्या गर्दछ । नेपालगञ्ज मेडिकल कलेजमा कोभिड वार्डमा काम गर्ने अधिकांस स्वास्थ्यकर्मिहरुको अवस्था झल्काउदछ उक्त तस्बीरले ।

भेरी अस्पतालमा पनि अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत रहेका ९ जना डाक्टरहरु मध्य ८ जना कोरोना संक्रमितको गम्भीर लक्षण सहित स्वास्थ्य लाभ गरिरहेको अवस्था छ । भेरी अस्पतालमा कार्यरत १ सय ४० जना मध्य ९० जना कोरोना संक्रमण रहेको भएपनि स्वास्थ्य कर्मिको अभावमा कोरोना संकमितको उपचारमा लाग्नुपर्ने बाध्यता रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनु भएको छ ।

सरकारलाई सहयोगका लागि हारगुहार गरेकोमा १० जना डाक्टर र ४० जना नर्स सहितको हाललाई आगामी असार सम्मको बजेट प्रदेश सरकारले ब्यवस्थापन गरेको छ । केन्द्र सरकारले पनि बैशाख १४ गते मन्त्रीप।िषदको बैठकबाट निर्णय गरेर बिभिन्न बिधाका १८ जना डाक्टरहरु १ हप्ता भित्र नियुक्ती गरेर सेवा लिन स्वीकृत दिएको छ । त्यसको बिज्ञापन गरिसकिएको तर संकटको समयमा माग गरे बमोजिम जनशक्ती प्राप्त गर्न कठिन देखिएको थापाले बताउनु भयो ।

नेपालगञ्ज स्थित भेरी अस्पतालमा आज आईतबार बिहान सम्म कोरोना संक्रमणले बिरामी भएकाहरु मध्य भेन्टीलेटरमा १० जना, आइसियुमा १०३ जना र अक्सिजन सहित जनरल वार्डमा १६९ जनाले उपचार सेवा लिइराख्नु भएको छ ।

भेरी अस्पालमा कोरोना वार्डमा सेवारत स्वास्थ्यर्मिहरु थकानमा एकछिन……..

उपरोक्त बिरामीहरुलाई उपचारका लागि आवश्यक दक्ष जनशक्ती केही गम्भीर लक्षण सहित केही बिरामी परेकोले स्वास्थय लाभ गरिरहेको र केही पोजेटिभ भएपनि उपचार कार्यमै संलग्न रहे पनि स्वास्थय संकटको समयमा अन्य बाहय दक्ष जनशक्तकिो तुरुन्त ब्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले लापरबाही गरिरहेको अवस्था रहेको छ

मन्त्रालयले नेपालगञ्जको भयाबह अवस्था थाहपाएर पनि झारा टार्ने हिसाबले गत बैशाख १३ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट चिकित्सक सहित टोली नेपालगञ्ज पुग्न अनुरोध गरेको जनाएपनि त्यहांबाट हाल सम्म कुनै सहयोग टोली नआएको भेरी अस्पतालले यस अघि नै जानकारी गराइसकेको छ ।

भेरी अस्पालमा कोरोना वार्डमा उपचाररत बिरामीहरु

नेपालगञ्जमा प्रयागरी कोभिडका संकेत भएका र पोजेटिभ रिपोर्ट आएको भोली वा पर्सी पल्ट मृत्यु हुने संख्या अत्याधिक रहेको छ । त्यसमा २० देखी ५० बर्ष उमेर समूहका अन्य कुनै दिर्घ रोग नभएका बिरामीहरुको सख्या बढी रहेका छन ।
गम्भीर बिरामी भई स्वास्थ्य उपचारको लागि अस्पताल आउने र आएको केही समय सम्म उपचारको लागि आवश्यक बेड र भेन्टीलेटर लगायतको अभावमा प्रायको मृत्यु हुनेगरेको छ ।

मृतकका आफन्तहरुले पनि अस्पतालमा उचित उपचारको अभावमा आफना आफन्तको मृत्यु भएको बताउदै आएका छन भने भेरी अस्पतालले भने जनशक्तीको अभावमा गुणस्तरिय सेवा दिन नसकिएको बताउदै आएको छ ।